प्रेम सम्बन्धमा खटपट आयो ? यसरी बनाउन सक्नु हुन्छ आफ्नो प्रेम सम्बन्ध मजबुत



प्रेम सम्बन्ध जीवनसंग जोडिएको एउटा अलग पाटा हो । प्रेम अपनत्वको भाव हो । “प्रेम” मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो ।

दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो । प्रेमलाई पनि अन्य वा आफु० प्रतिको करुणामा आधारित क्रिया वा अन्य प्रतिको स्नेह आधारित क्रियाको रुपमा बर्णन गरिन्छ ।

१. आफ्नो प्रियजनलाई समय दिने 
कहिले कहिँ एक्लै समय विताउने क्रममा उनले आफ्नो इच्छा, चाहनाको गहिराई वुझ्न सक्छन् । यसैगरी समय विताउनका लागि आफ्ना पार्टनरलाई पनि मौका दिनुपर्छ । यो क्रिएटिभ समयले तपाइहरुको जीवनमा उर्जा वृद्धि त गर्छ नै खुशी पनि दिन्छ ।

२. थोरै रोमान्टिक हुनुपर्छ 
जीवनलाई रोमान्टिक बनाउनका लागि त्यती धेरै खर्च गर्नु आवश्यक छैन । यसमा सानोतिनो कुराले पनि उत्तिकै महत्व राख्छ । एकअर्काले आदनप्रदान गर्ने सामन्य उपहार, अन्तरंग कुराकानीले पनि दाम्पत्य जीवनमा रोमान्स ल्याउन सक्छ । पार्टनरलाई के कुराले रोमान्टिक बनाउछ रु बुझ्ने कोशिस गरेर त्यही किसिमको व्यवहार गरौं ।

३. बेडरुममा साथसाथ जाने
यदि तपाइ बेड सेयर गर्नुहुन्छ भने किन साथै बेडमा जाने बानी साल्नु हुन्न । यसका लागि तपाइहरुको सुत्ने समय एकै हुनुपर्छ भन्ने छैन । पार्टनरको बानी चाढै सुत्ने छ भने तपाई उनीस“गै गएर केहि छिन बेडमा वसेर मनपर्ने पुस्तक पढ्न सक्नुहुन्छ । जब पार्टनर सुत्छन्, तव आफ्नो बाकी काम गर्न सक्नुहुन्छ । यसले तपाइहरुको प्रेम सम्वनधलाई गाढा वनाउछ ।

४. एकअर्कामा कनेक्ट
पार्टनरको हात आफ्नो हातमा लिनुहोस् । आखा जुधाउनुहोस् । यो रोमान्टिक पलमा यस्तो कुरा गर्नुहोस्, जसले दुवैलाई रमाइलो महसुस हुन्छ । कुनै महत्वपूर्ण कुराकानी गर्नु पूर्व यस किसिमको अभ्यासले तपाइहरुको आपसी समझदारी बढाउछ ।

५. परिवर्तनका सम्वन्धनमा चर्चा गरौं 
जीवन सधै एकनास रहदैन । परिवर्तन जीवनको नियम नै हो । लामो जीवन यात्रामा धेरै उत्तार चढाव भोग्नुपर्छ, हामीले । अतः यस किसिमका उत्तार चढावका सम्वन्धमा दम्पतीले आपसमा चर्चा गर्नु उपयुक्त हुन्छ । यसले कुनैपनि संभावित समस्यका वारेमा मानसिक रुपमा तयार रहन सघाउ पुर्याउछ । जस्तो, दम्पती मध्ये एकको जागिर गुम्यो भने त्यस्तो परिस्थितीलाई कसरी सम्हालने रु यस्ता अनपेक्षित परिवर्तनलाई आत्मसात गर्नका लागि दम्पतीवीच मानसिक तयारी हुन आवश्यक छ ।

६. खुशी आफैभित्र खोजौं 
हामी प्राय दोस्रो व्यक्तिवाट खुशी खोजी रहेका हुन्छौ । सत्य कुरा यो हो कि, तपाइको खुशी पार्टनरमा निर्भर हुदैन । यो त आफ्नै अन्र्तमनमा निहित हुन्छ । दाम्पत्य जीवनलाई सुखमय राख्नका लागि तपाई खुशी हुन जरुरी छ । यदि तपाई खुशी रहनु भएन भने यसको सोझै असर तपाइको दाम्पत्य जीवनमा पर्न सक्छ ।

७. एकअर्काको अपेक्षा वुझौं
कहिले कहिं हामी यस्तो सोच्छौ कि, पार्टनरले आफ्नालागि विशेष केहि गरोस् । यद्यपी उनलाई यस सम्वन्धमा केहि कुरा थाहा नहुन सक्छ । अर्थात तपाईको अपेक्षा के हो रु पार्टनर यसबारे अन्जान हुन सक्छन् । त्यसैले यस्ता कुराहरुको सूची तयार गरौ, जसले आफुलाई खुशी राख्न सकोस् र पार्टनरवाट त्यही कुरा प्राप्त होस् । यस्तो सूची आफ्नो पार्टनरलाई पनि तयार गर्न लगाउनु पर्छ । पछि यो सूचीलाई आपसमा वदल्न सकिन्छ ।

८. प्रेम अभिव्यक्त 
कुनैपनि सम्वन्धमा सुरक्षा एवं विश्वास जगाउनका निम्ति प्रेम व्यक्त गर्नुपर्छ । यस सम्वन्धमा कुनै आदर्श नियम छैन । आफ्ना पार्टनरका सामु प्रेम व्यक्त गर्ने सवैको आ–आफ्नै तरिका हुनसक्छ । तपाई स्वंम तय गर्नुहोस् कि पार्टनरका सामु कसरी प्रेमको भावना व्यक्त गर्ने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्