सिगारीँदै श्रृगारिँदै घोराही १४ को नवप्रतिभा



गोविन्द खड्का,
घोराही।
खनखोसर गदै वा विरुवा रोप्दै आफ्नै धुनमा हराएका व्यक्तिहरु घोराही १४ को नवप्रतिभा टोलविकास संस्थामा प्रशस्तै भेटिन्छन् । उनिहरुलाई बटुवाको ध्यान होईन, घर अगाडिको क्षेत्र सुन्दर बनाउने ध्याउन्न छ ।

आफ्नो घर वरपर सबै भन्दा सुन्दर बनाउने होड चल्छ ।
कोहि हाईसुक्क बसेको देखिन्छ भने उसको घर अगाडिको क्षेत्र मनलाग्दो गरी सजिईएको छ । न त त्यसको घर अगाडिको नालामा कुनै कचेरा देखिन्छ न आसोकका बोट वरपर कुनै झार जंगल नै उम्रिएको छ ।

यदि हरियो देभियो भने प्याज, लसुन, लगाएत तरकारी र फूलका बिरुवा छन् । जसले सुन्दरता र आर्थिक लाभ दुवै एकैचोटि प्रदान गरेका छन् ।
मुखमा जम्मा भएको खकार पनि थुनेर राख्नुपर्ने अबस्था छ । प्याच्चै थुकिहाल्न जो कोही सचेत व्यक्तिले सक्दैन । पुर्ण सरसफाइको सफा घर आँगनको सुचकांक पुर्ण हुने अबस्था सिर्जना भएको छ ।

नगरपालीकाले रोपेका टिगार्डसहितका अशोकका बोट समेत रंगिन देखिन्छन् । रातो सेतो रंग पोतेर टाढै सम्म चम्किने आकर्षक बनाईएको छ । वोटको फेदमा आफ्नै लगानिले सिमेन्टका ठुल्ठुला गमलाई निर्माण गरीएको छ । त्यसलाई पनि रंगाएर थप सुन्दर पारिएको छ ।

केहिका घर अगाडि सिमेन्टका गमला बन्ने क्रम चलिरहेको छ टोलविकास संस्थाका अध्यक्ष श्रीप्रसाद्र श्रेष्ठ लगाएतले यादचेत गरीरहनुभएको छ ।

त्यसले गर्दापनि टोल एकनासका संरचना र रंगहरुले श्रृगारीदै छ । केहि दिन भित्र सबैका घर अगाडिको सजावट पुरा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । आपसी सहयोग, सरसल्लाह र सिपको आदान प्रदानले सिंगै टोल परिवर्तन भएको छ । निर्माण हुँदै गरेका घरमा झुम्म परेका देखिन्छन् ।

टोलवासीले आफ्नै लगानिमा प्रवेश द्धार ठड्याए । दुईलाख पचास हजार खर्च भएको टोलविकास संस्थाले जनाएको छ । नेपालको राष्टिय गानका तस्विरहरु गेटमा अंकित छन् ।

उक्त गेटमुनि छिर्दा सबैलाई गौरबको महशुस हुन्छ । जम्मा ५३ घरधुरी रहेको टोलमा हरेक घरको दशहजार रकम त्यसमा लगानी भएको छ । उनिहरुको व्यक्तिगत खर्चबाट निर्माण भएको गेटले ठुलै सन्देश दिएको छ । तर घोराही उपमहानगरपालिकाले थाहै नपाएको टोलवासी गुणासो गर्छन् ।

यसपटकको ४१ औँ स्थापना दिवसका दिन आफुहरुको मुल्यांकन हुन्छ भन्नेमा धेरै टोलवासी आशावादी थिए । स्थान हासिल गर्न नसकेपनि नाम मात्रै उच्चारण गरेर सम्मान गरीन्छ भन्नेमा विश्वस्त थिए । कहिँ कतै नामनिशान नआउँदा थोरै निराशा छाएको टोल वासीले बताए ।

फोटो नखिच नगरपालिकाले चलापायो भने कर लगाउला भनेर व्यंग्य गरे । तिनका अनुसार सरसफाइ र सुन्दरता आफ्नै लागि हो भन्ने भावनाले उत्साहित बनायो र टोलवासी जुटे । अहिले धमाधम् घर अगाडिको क्षेत्र सजाउन लागिपरेका छन् । त्यसले सबैलाई व्यस्त बनाएको छ । फुर्सदमा घाम तापेर बस्ने घर वरपर गन्हाउने राख्ने ठालु प्रबृत्तिको अन्त गरीदिएको छ । घरमा बसी बियाँलो गर्न धेरैलाई सजिलो भएको छ ।

हलक्क बढेका फुलका बोटहरु होस कि विरुवा रोप्न लागेका क्यारीहरु जता हेरेपनि प्रशंसा गर्नलाएक सुन्दरता छ । दुलही भित्रयाउने घर हो या त मेला महोत्सवको अन्तिम तयारी एउटा त पक्कै हो, त्यहाँ पुग्ने जो कसैलेपनि यहि भन्छ । तर, दुईटै होईन, सिंगो टोललाई सदा सर्बदा सुन्दर बनाउने टोलवासीको संकल्प हो ।

आगामि दिनमा घोराही उपमहानगरपालिकाको उत्कृष्ठ टोलमा प्रतिस्पर्धा गर्ने सपना छ । त्यसैको लागि निरन्तर प्रयास सिंगै टोलमा चलिरहने छ । चौध पन्ध्र हजार खर्च गरेर संरचना बनाउँदा पनि मन दुखाएका छैनन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्