कमजोरीको फाइदा उठाएर दम्पतीले ९ वर्षमा ३ अर्ब रुपैयाँ जिते



मिशिगन। अमेरिकाको मिशिगनमा बस्ने एक दम्पतीले हालै खुलासा गरेका छन् कि उनीहरुले विगत ९ वर्षमा २ करोड ६० लाख डलर (झण्डै ३ अर्ब नेपाली रुपैयाँ) लट्रीबाट जितेका छन् । यो रकम उनीहरुले कुनै हेराफेरी गरेर नभइ गणितका तरिका र लट्री सिस्टमको एक कमजोरीको फाइदा उठाउँदै जितेका थिए । ८० वर्षका जेरी सेलबी र ८१ वर्षकी मार्ज सेलबीले यति ठूलो रकम लट्रीबाट जितेका हुन् ।

लट्री खेल्नुभन्दा अगाडि उनीहरु इवार्ट शहरमा एक पसल चलाउँथे । ६० वर्षको उमेर पार भएपछि उनीहरुले पसल बेचिदिए र रिटायर भए । २००३ मा जब जेरी आफ्नो पुरानो पसलमा केही किन्नको लागि गए, त्यहाँ उनले विण्डफल लट्रीको ब्रेसर भेट्टाए । जेरीका अनुसार कलेजको समयमा उनी गणितमा निकै प्रतिभाशाली थिए । यस्तोमा लट्रीको ब्रोसर पढेर उनलाई यसमा निकै चासो बढ्यो । जेरीलाई विश्वास भयो कि यो लट्रीबाट उनी पक्का ठूलो फाइदा कमाउन सक्नेछन् त्यो पनि सजिलो गणितको प्रयोग गरेर । त्यसपछि उनले आफ्नी पत्नीसँग लट्री खेल्ने फैसला गरे ।

जेसीले अन्तरवार्तामा बताएअनुसार लट्री जित्न यसकारण सजिलो थियो किकि यसमा ५० लाख डलरको सीमा राखिएको थियो । लट्रीको मूल्य ५० लाख पुग्दासम्म कसैको सबै ६ अंक ड्रको नम्बरसँग मिलेनन् भने यो रकम ती मानिसहरुलाई बाँडिन्थ्यो जसको ५, ४ वा तीन अंक ड्रको नम्बरसँग मिलेका हुन्थे । लट्रीमा जेरीले पहिलो पटक ३६०० डलरका टिकट किने । गणितको प्रयोग गरेर उनले यसबाट ६३०० डलर कमाए । अर्को पटक उनले पत्नीको सहयोगमा ८ हजार डलर लगानी गरे र यसबाट दोब्बर कमाइ गरे ।

जेरी र मार्जले बताए कि छिट्टै उनीहरु लट्रीमा हजारौं खर्च गरेर लाखौं कमाउन थाले । केही समयपछि उनीहरुले इन्भेस्टमेन्ट कम्पनी खोले । कम्पनीमार्फत उनीहरु साथी र आफन्तको पैसा लगाएर उनीहरुलाई पनि लट्री जिताउँथे । यही बीचमा बिक्रीमा कमीका कारण विण्डफल लट्री बन्द भयो । तर, म्यासाचुसेट्स राज्यमा यस्तै अर्को लट्री लामो समयदेखि चलिरहेको थियो । त्यसपछि उनीहरु १४ घण्टा सफर गरेर म्यासाचुसेट्स जान थाले । त्यहाँ गएर उनी होटलमा १० घण्टा नम्बरको हिसाब लगाउँथे र लट्री जित्थे ।

सेलबी दम्पतीले २०११ मा लट्री खेल्न बन्द गरे । जेरीका अनुसार त्यतिबेला बोस्टन ग्लोब अखबारले यो खबर लेखेको थियो कि कसैले लट्रीको माध्यमबाट ठूलो रकम कमाइरहेको छ । पुलिसले जाँच गर्दै जाँदा सेलबी र एमआइटीको एक लट्री खेल्ने समूहको जानकारी हासिल गर्यो । जाँचमा रकम जित्नको लागि कुनै गैरकानुनी काम गरेको भने देखिएन । यसबाट सरकारलाई पनि राम्रो फाइदा भइरहेको थियो ।

जेरीका अनुसार ९ वर्षमा उनले लट्रीमा जितेको पैसाले ६ छोराछोरी, १४ नातिनातिनी र १० पनाती पनातिनीको सबै खर्च उठाएका थिए । सेलबी दम्पतीबाट प्रभावित भएर अब फिल्म निर्माताहरु उनीहरुको जिन्दगीमा आधारित फिल्म बनाउँदैछन् । रोचक त के भने यो फिल्मको वितरण अधिकार सेलबी दम्पतीले नै किनेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्