यो हो महान परिवार जसले दलितसँग भागेकी छोरीको गरिदियो धुमधाम बिवाह



काठमाडौं । पछिल्लो समय समाज परिवर्तन हुन थाले जस्तो आभाष भएको छ । पहिला पहिला दलित भनेर उसले छोएको नखाने उसलाई घर भित्र पस्न नदिने जस्ता सामाजिक कुप्रथाहरु थिए ।

तर गुल्मीमा भएको एक अन्तरजातीय बिवाहबाट समाजमा भएका दलित र अन्तर दलितबीचको गहिरो खाडल पुरिएको जस्तो देखिएको छ । पाल्पाको एक श्रेष्ठ परिवारले दलितसँग भागेकी आफ्नी छोरीलाई घर बोलाएर बिधिवत रुपमा कन्यादान गरिदिएका छन् ।

पाल्पाको अर्गेलीकी श्रेष्ठ परिवारकी छोरी सिर्जना श्रेष्ठले गुल्मीको सदरमुकाम रेसुङ्गा नगरपालिका १० उपल्लो तम्घासका ध्रुव सुनारसँग भागी विवाह गरेकी थिईन् । उनै भागेर अन्तरजातीय बिवाह गरेकी छोरीलाई माइती पक्षले बोलाएर धुमधामकासाथ बिवाह गरिदिएको खबर बाहिरिएको छ । हेर्नुहोस दलितसँग भागेकी छोरी बोलाएर धुमधाम कन्यादान गरिदिएको भिडियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्