केकीको ‘जाले रुमाल’ रविलाई (भिडियो सहित)



काठमाडौं । युट्युवमा ‘जाले रुमाल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आज युट्युव च्यानल हाइलाइट्स नेपालबाट यो गीतको सार्वजनिक भएको हो । मेलिना राई र निनम हाङ् राईको सुमधुर स्वरमा गायिएको यस गीतमा केकी अधिकारी र रवि सिंहको अभिनय रहेको छ ।
गीतमा शब्द टम्पसेर राईको रहेको छ भने एरेन्ज अमोश तामाङले गरेका छन् । गीतले युवा पुस्ताको मायाँ प्रेमलाई लक्षित गरेको छ । गीतको नृत्यमा सुरेन्द्र बस्यालले कोरियोग्राफी गरेका छन् । त्यस्तै अर्जुन अधिकारीले निर्देशन गरेको यस गीतमा उत्सव दाहालले छायाँङ्कन गरेका हुन् । हेर्नुहोस् गीतको भिडियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्