पधेरो छोएको निहुमा थला पर्ने गरि कुटपिट भयो १५ वर्षिय अस्मिता रसाइली माथि



रामेछाप,
रामेछापको खाँडादेवी गाउँपालिका – ५ पकरबासकी कक्षा ९ मा अध्ययनरत १५ वर्षिया अस्मिता रसाइलीलाई पानी भर्न पँधेरोमा जाँदा स्थानीइ ५५ वर्षिया मैयाँ काकीले छुवाछुत गरेको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ ।
उनलाई गएको पुस २४ गते पँधेरोमा पानी भर्न जाँदा कार्कीले पँधेरो छोएको भन्दै कुटपीट गरि अपशब्द प्रयोग गरेको पीडितको जाहेरीमा उल्लेख छ । कुटाइबाट उनी २ दिनसम्म ज्वरो आएर थला परेको पीडितकी आमा कमला रसाइलीले बताइन् ।
पीडित पक्षले माघ १ गते न्यायिक समितिमा उजुरी गरेकामा माघ ७ गते मेलमिलापकर्ता राखि छलफलगर्दा विवाद नमिले पछि उजुरीको लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा पठाइएको थियो । पीडित पक्षले माघ ११ गते उजुरी दर्ता गरेको नेपाल राष्ट्रिय दलिन कल्याणसंघ रामेछापमा अध्यक्ष लेखबहादुर बिकले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्