के तपाईलाइ थाहा छ? नृत्य गर्दाका फाइदा



बेलायतस्थित डेभलपमेन्ट अर्गनाइजेसन योर्कसायर डान्स एन्ड लिड्स विश्वविद्यालयले गरेको एक अनुसन्धानले कुनै पनि कलामा संलग्न मानिसले स्ट्रेसलाई सजिलै नियन्त्रण गर्न सक्ने पत्ता लागेको छ ।
– दुई वर्ष लगाएर गरिएको उक्त अनुसन्धानमा डान्सर (नृत्यकार)लाई समावेश गरिएको थियो । अनौपचारिक अन्तर्वार्ता र लिखित माध्यमबाट सोधिएको जवाफमा डान्सकै कारण आमा–बाबु, समाज र शिक्षकप्रतिको व्यवहारमा परिवर्तन आएको पाइएको छ ।
– नृत्यले शरीरलाई फिटराख्ने मात्र नभई शरीरको समग्र विकासमा मद्दत पु-याउँछ ।

 


– यसले निर्णय लिने र तनावसँग लड्ने क्षमता बलियो बनाउँछ । जसले गर्दा उनीहरूलाई ठूला र महत्वपूर्ण काम गर्न प्रेरणा मिल्छ ।
– डान्स गर्दा एक्लोपन, डिप्रेसनजस्ता समस्याबाट पनि टाढा रहन सकिन्छ । त्यति मात्र नभएर यसले मस्तिष्कको नसा खुलाउँछ र मस्तिष्कलाई क्रियाशील बनाउँछ ।
– डान्सले स्वस्थ राख्नुका साथै मुडलाई सधैँ कुल राख्न मद्दत पु-याउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्