वेस्टह्यामसँग बराबरीमा रोकियो लिग लिडर लिभरपुल



इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा लिग लिडर लिभरपुल वेस्ट ह्यामसँग बराबरीमा रोकिएको छ। लिभरपुल वेस्ट ह्यामसँग १-१ को बराबरीमा रोकिएको हो।

वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २२औँ मिनेटमा साडियो मानेले गोलमार्फत अग्रता लिएको थियो। तर, खेलको २८ औं मिनेटमा वेस्ट ह्यामका लागि माइकल एन्टोनियोले गोल गर्दौ खेल १-१ बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका गुमाउँदा खेल बराबरीमा सकिएको हो।

बराबरीसँगै लिभरपुलको २५ खेलमा ६२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलबाट ५९ अंक रहेको छ। त्यस्तै ५७ अंक जोडेको टोटेनह्याम हटपर्स तेस्रो, ५० अंक जोडेको चेल्सी चौथो र ४८ अंक जोडेको म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्