दुतावासको व्यवहारमा सुधार नआए कामदार रोक्ने व्यवसायी संघको चेतावनी



काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालस्थित साउदी दूतावासमा भीषा स्ट्याम्पिङ र परिचयपत्र नवीकरण गर्नका लागि गएका व्यवसायी दुतावासका कर्मचारीबाट अमर्यादित व्यवहार भएको भन्दै दुतावासले अभद्र व्यवहार नसच्चाए व्यवसायीले उक्त मुलुकमा कामदार नपठाउने बताएको छ । केहीदिन यता नेपालस्थित साउदी दूतावासमा भिसा स्ट्याम्पिङ र परिचयपत्र नवीकरणका लागि गएका कर्मचारीमाथि भएको अभद्र व्यवहारको संघले नजिकबाट नियाली रहेको भन्दै संघका अध्यक्ष रोहन गुरुङले त्यस विषयमा राजदुत र कन्सुलरसँग छलफल गरेको तर दुतावासबाट व्यवसायीलाई गर्ने सामान्य शिष्टाचार युक्त व्यवहारसमेत नभएको बताए ।

यो पनि पढ्नुहोस् :  मलेसियामा छुरा हानेर एक नेपालीको हत्या

यो पनि पढ्नुहोस् : मेक्सिकोमा विस्फोट हुँदा २१ को मृत्यु

विभिन्न खाले प्रतिकुलताका वावजुद साउदी अरवको नेपाली कामदार पठाउन व्यवसायीहरुले मध्यस्थ गरिरहेका नेपाली व्यवसायीलाई आफ्नै देशमा रहेको दूतावासमा त सम्मान हुँदैन भने शिक्षा र चेतनाका दृष्टिले कमजोर अवस्थामा रहेको नेपालका सामान्य मजदुर माथि साउदीमा कस्तो व्यवहार भएको होला भनेर गम्भीर भएको भन्दै अध्यक्ष गुरुङले नेपालस्थित साउदी दुतावासको व्यवहारले म्यानपावर व्यवसायीलाई सामान्य र साउदीका रोजगारदाता र नेपालबाट जाने कामदारलाई ठूलो क्षति पुग्ने अवस्था रहेको टिप्पणी गरे ।

यो पनि पढ्नुहोस् :महिला बढि उत्तेजित कुन बेला हुन्छन् ?

यो पनि पढ्नुहोस् :कुन अंग स्पर्स गर्दा महिलाहरुमा यौन उत्तेजना पैदा हुन्छ ? पढ्नुहोस्

कामदार पठाउँदा सफ्टवेयर विवरण, फारम बार कोड, प्रहरी रिपोर्ट र ट्रान्सलेसनजस्ता प्राविधिक पक्षलाई सुधार गरेर दूतावासलाई सहयोग गर्न संघ तयार रहेको भएपनि दुतावासको व्यवहार सम्वन्धमा आफुले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट मन्त्रालयलगायत सम्वन्धित निकायको ध्यानकर्षण गराउने अध्यक्ष गुरुङले बताए ।
मध्यान्ह

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्