कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार



धनुषामा खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता घाइते भएका छन् । जिल्लाको सबैला नगरपालिका–१०, खरिहानी बस्ने उमेश कापरमाथि सोमबार साँझ खुकुरी प्रहार भएको हो ।

कांग्रेसले सोमबार जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भएर घर फिर्ता भएका कापरमाथि ८–१० जनाको समूहमा आएका सोही स्थानका शिव कुमार कापर, विजय पन्जियार, चन्दन पन्जियार सहितका व्यक्तिले खुकुरी प्रहार गरेको कापरको परिवारजनले जनाएको छ ।

कापर कांग्रेसका कार्यकर्ता हुन् भने खुकुरी प्रहार गर्नेहरु नेकपाका कार्यकर्ता हुन् । कापरको अवस्था गम्भीर रहेको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्