दाङमा साहित्यिक पत्रकारिता राष्ट्रिय भेला हुने



साहित्यीक पत्रकारिता राष्ट्रिय भेला दाङमा हुने भएको छ ।

प्रत्येक वर्ष हुँदै आएको साहित्यीक पत्रकारिता राष्ट्रिय भेला यो वर्ष दाङ हुने प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमलाले बताउनुभयो ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ दाङ शाखाको समन्वयमा हुने भेलामा देशभरका साहित्यीक पत्रकारिताको क्षेत्रमा काम गर्दै आएका ब्यक्तिहरुको सहभागीता हुनेछ ।

आगामी फागुन १७ र १८ गते घोराहीमा हुने कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य सहितको पदाधिकारी र प्रेस काउन्सिलका पदाधिकारीहरुको समेत उपस्थिती हुने पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले जानकारी दिनुभयो ।

भेलामा विभिन्न विषयका कार्यपत्रहरु प्रस्तुत हुने, निश्कर्ष निकाल्ने तथा योजनाहरु समेत निर्माण हुने काउन्सिलका सदस्य चेतनाथ धमलाले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्