मेलिना राईको पहिलो गणेश भजन सार्वजनिक (भिडियो सहित)



काठमाडौं । मेलिना राईद्वारा गायिएको पहिलो गणेश भजनको भिडियो सार्वजनिक भएको छ । ‘जय गणेश’ शीर्षक दिइएको यो भजनमा मेलिना राई र लक्ष्मण शेशले स्वर दिएका हुन् ।

भजनमा शब्द डा. विष्णुराज आत्रेयको रहेको छ भने संगीत लक्ष्मण शेशको रहेको छ । भजनले हिन्दु धर्मलाई विशेष रुपमा प्रस्तुत गर्न खोजेको छ । त्यस्तै भजनमा गणेश भगवानको स्तुति पनि गरिएको छ ।

भजनको भिडियो लोकराज अधिकारीले निर्देशन गरेका छन् । भजनको भिडियोमा मन्दिरमा पूजापाठ गर्नेहरुको भिड देखाइएको छ । माउन्टेन म्युजिक नेपालले युट्युव च्यानलमा यो भिडियो सार्वजनिक गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्