काठमाडौं । भनिन्छ एउटा तस्वीर हजार शब्द बराबर हुन्छ । यो भनाइले सामाजिक संजालमा भाइरल भइरहेको यो तस्वीरलाई बयान गर्छ । यो तस्वीरलाई बलिउड कलाकाकरहरुले शेयर गरेका छन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, सुनिल सेट्टिलगायतका कलाकारहरुले यसलाई सेयर गरेका छन् । तस्वीरमा केही बालबालिका मन्द मुस्कान दिँदै चप्पलले सेल्फी लिइरहेका छन् । उनीहरुको अनुहारमा देखिएको यो खुसीले बलिउड एक्टरदेखि सर्वसाधारण सबैको मन लोभ्याएको छ । तर यो तस्वीर कस्ले खिचेको र कुन ठाउँको हो भन्ने खुलेको छैन ।
अमिताभ बच्चनले त्यस्तै एक सेल्फी लिएको अर्को तस्वीरलाई ट्विट गर्दै लेखेका छन्, ‘आम मानिसहरु अब आम रहेनन्, उनीहरु खास छन्, उनीहरु स्वयं आफ्नो प्रचार गर्न सक्छन्, आफूतिर ध्यान कसरी आकर्षित गर्ने, उनीहरुले थाहा पाइसकेका छन्।’
त्यस्तै अनुपम खेरले आफ्नो ट्विटमा लेखेका छन् ‘चीजहरु उनीहरुका लागि सर्वश्रेष्ठ हुन्छ, जसलाई थाहा हुन्छ कि सर्वश्रेष्ठ कसरी बनाउन सकिन्छ।’कलाकार बोमन इरानी पनि यो तस्वीर सेयर नगरी बस्न सकेनन् । ट्विटरमा तस्वीर सेयर गर्दै उनले लेखेका छन्, ‘तपाईँ मात्र त्यति खुशी हुनुहोस् जति चाहनुहुन्छ, यो एक यस्तो भनाई हो जो सबैका लागि समान सत्य हो । म दाबी गरेर भन्न सक्छु कि यो सेल्फी तस्बिर बाँकी सबै सेल्फी भन्दा धेरै लाइक्स प्राप्त गर्न लायक छ।
त्यस्तै बलिउड अभिनेता सुनिल सेट्टीले पनि यो तस्वीरलाई सेयर गरेका छन् । उनले तस्वीर सेयर गर्दै इस्स्टाग्राममा लेखेका छन्, ‘यो तस्बिर भेटियो जसलाई शेयर नगरी बस्न सकेन, खुशी साच्चिकै दिमागको एक अवस्था हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।