अचम्मका कुरा

७२ वर्षकी महिलालाई जिममा एक्सरसाइज गरिरहेको देखेपछि मानिसहरु दंग

By थाहा अनलाइन

February 05, 2019

वाशिंगटन। हरेक दिन सामाजिक संजालमा कुनै न कुनै प्रकारका भिडियो भाइरल भएका हुन्छन्। यस्तै एक भिडियो अहिले भाइरल भएको छ। उक्त भिडियोमा एक ७२ वर्षीय वृद्ध महिलाले जिममा एक्सरसाइज गरिरहेको देखिएको छ।

७२ वर्षकी लोरेन ब्रुजोन नामक महिलाको भिडियो भाइरल भएको हो । जसमा उनि जिममा गएर एइक्सरसाइज गरेकी छन्। उनि पहिले वकील थिइन। तर अहिले भने कनेक्टिक यूनिभर्सिटीमा प्रोफेसर हुन्। उनको एक्सरसाइज गरिरहेको भिडियो #MondayMotivation को ट्यागसहित शेयर भएको छ।

 

सामाजिक संजालमा यो भिडियोलाई निकै मन पराइएको छ। इंस्टाग्राममा यसले एक लाख भन्दा अधिक लाइक पाएको छ। लोरेन आफ्नो जीवनमा धेरै सक्रिय रहन्छिन्। उनले धेरै जिममा गु्रप फिटनेस क्लास पनि लिएकी छन्। उनी पाँच वर्ष पहिले एक साथीको सल्लाहमा ६७ वर्षको उमेरमा जिम ज्वाइन भएकी थिइन्। उनले दैनिक एक घण्टा वा त्यो भन्दा बढी समय आफ्नो फिटनेसमा दिने गर्छिन्।