भीषण बाढी, प्रधानमन्त्री द्वारा उद्धारमा जुट्न आग्रह



टाउन्सभिल– अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ ।  यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।

उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन् । सो क्षेत्रका करिब ११ हजार घरपरिवारलाई सहायता जरुरी भएको बताइएको छ ।  उनीहरु बाढीको चपेटामा परेका छन् भने बिजुली, खानेपानी तथा अरु आधारभूत आवश्यकताबाट पनि वन्चित हुन पुगेका बताइएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यो शताब्दीकै शक्तिशाली बाढीका कारण देशमा ठूलो क्षति पुगेको बताएका छन् । उनले उद्धार र सहायताको काममा खट्न देशका सुरक्षाकर्मी तथा उद्धारकर्मीहरुलाई आग्रह गरेका छन् ।

अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने यस टाउन्सभिललाई बढी प्रभावित पारेको छ । उक्त क्षेत्रमा अरु केही घन्टासम्म पानीको मात्रा नघट्ने मौसम अधिकारीहरुले जनाएका छन् । –एएफपी 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्