नेपाली सेनाले बचाए सुत्केरीको ज्यान



डोटी । डोटीको दियालमा नेपाली सेनाले रगत दान गरी एक सुत्केरीको ज्यान जोगिएका छन् । सुत्केरी गराउने क्रममा दिपायलस्तिथ शैलेश्वरी अस्पतालमा भर्ना भएकी तिखातरकी २२ वर्षीया पावर्ती जेठाराको ज्यान जोगिएको हो ।

सुत्केरीको अत्याधिक रक्तस्राव भएपछि उनको ज्यान जोखिममा परेको थियो । तर नेपाली सेनामा कार्यरत भूपेन्द्र चन्द र विक्रम सिंहले पार्वतीलाई रगत दिएका थिए ।

अस्पतालका सन्चालक आइजङ कुवरले पार्वतीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै भने ‘रक्तश्रावका कारण उहाँको ज्यान नै खतरामा परेको थियो । यदी उहाँहरुले रगत दान नगर्नु भएको भए उनको ज्यान तलमाथि हुनसक्थ्यो उहाँको ज्यान धेरै जोखिममा थियो ।’

डाटी स्थित सर्वेश्वर गणका नेपाली सेनाले यहाँ विगतदेखि नै समस्या परेकाबेलान स्थानीयलाई रगत दिँदै आएका छन् । यो पटक पनि सेनामा कार्यरत दुई जानाले रगत दिएर युवतीको ज्यान जोगाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्