महिलाबारे यस्ता रोचक तथ्य, जसले अचम्म पार्न सक्छ तपाईलाई



एजेन्सी । संसारमा धेरै बिषयहरुका रोचक तथ्यहरु रहेका छन् जुन सुन्दा अचम्म लाग्ने गर्दछ । जसमध्ये महिलाबारेका तथ्यहरु पनि रोमाञ्चकभित्र पर्दछन् ।

प्रकृतिले नै सुन्दर र कोमल बनाइदिएको कारण महिला आफै स्वभाविक रुपमा आर्कषणको केन्द्रबिन्दु मानिएको छ । विश्वको कुल जनसंख्यामा आधा जनसंख्या ओगटेको महिलाहरुको बारेमा एक अध्ययनपछि सार्वजनिक भएका रोचक तथ्यहरु यस्ता छन् :

  • सन् २०१२ मा भएको ओलम्पिकमा इतिहासमै पहिलोपटक महिला खेलाडीको सहभागिता बढि रहेको थियो । ओलम्पिकमा २६९ महिला थिए भने २६१ पुरुष सहभागी थिए ।
  • अमेरिकामा पुरुषभन्दा महिलाको जनसंख्या बढि रहेको छ । यस्तै अवस्था नेपालको पनि छ ।
  • हरेक ९० सेकेन्डमा एक महिलाको मृत्यु बच्चा जन्माउने क्रममा हुने गर्दछ ।
  • सबैको सोंचमा पुरुषले धेरै अश्लिल शब्द प्रयोग गरी कुराकानी गर्छन् भन्ने छ । तर पुरुषले जति नै महिलाहरुले पनि अश्लिल कुराकानी गर्ने गरेको अध्ययनले देखाएको छ ।
  • एकसय बर्ष भन्दा बढि बाँच्ने ५ मानिसहरुमा ४ महिला हुने गरेको छ। त्यसैले महिलाको आयु पुरुषको तुलनामा बढि हुने गर्दछ ।
  • गर्भावस्थामा निदाउदा घुर्ने महिलाहरुको बच्चा अन्य बच्चाहरुको तुलनामा होचो हुने मान्यता रहेको छ।
  • अमेरिकामा ४० प्रतिशत महिलाहरुले विवाह पहिले सन्तान जन्माउने गर्दछन् ।
  • साउदी अरबमा यदि श्रीमानले श्रीमतीलाई कफी बनाएर नदिए श्रीमतीले तलाक लिन सक्ने कानुनी व्यवस्था छ ।
  • पुरुषको तुलनामा महिलाले २ गुण बढि आँखा झिम्काउने गर्दछ ।
  • एक महिलाले आफ्नो जीवनभरिमा ३ किलो लिपिस्टिक लगाउने गर्दछ ।
  • पुरुषको तुलनामा महिलाको सुँघ्ने शक्ति कयौ गुणा बढि हुने गर्दछ ।
  • महिलाका तुलनामा पुरुषको मुटुको धडकनको गति कम हुन्छ ।
  • महिलाको पूरै जीवनको एक वर्ष कुन कपडा लगाउने भनेर सोचेर बित्ने गर्दछ । हरेक महिला आफ्नो लुक्सलाई लिएर एक दिनमा कम्तीमा ९ पटक सोच्ने गर्दछ ।
  • विश्वमा अझैपनि समान काम गरेर पनि पुरुषको तुलनामा महिलालाई ३६ प्रतिशत कम पारिश्रमिक दिइने गरेको छ ।
  • अफ्रिकी देशहरुमा नाइजेरिया शिशु जन्मदरमा अगाडि रहेको छ । त्यहाँको हरेक महिलाले औसतमा ७ बच्चा जन्माउने गरेका छन् । जुन विश्वमा सबैभन्दा धेरै हो ।
  • सबैभन्दा कम उचाईकी आमा बन्ने महिला जम्मा २ फिट ४ इन्चको थिइन् ।
  • सबैभन्दा कम उमेरमा डिभोर्स गर्ने बालिका जम्मा १० बर्षको थिइन् ।
  • एक महिलाले आफ्नो जीवनको १० बर्ष भान्छामा बिताउने गरेको अध्ययनले बताएको छ ।
  • सबैभन्दा बढि बच्चा जन्माउने महिलाको रेकर्ड रुसको महिलाको नाममा रहेको छ । उनले ६९ वटा बच्चा जन्माएकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्