दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि मतदान , २ हजार मतदाता मध्ये १ हजार ६ सय २८ मत खस्यो



सैघाली खबर
दाङ ३१ , साउन
दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलवार मतदाता सम्पन्न छ । कुल २ हजार मतदाता रहेको १ हजार , ६ सय २८ मत मात्रै खसेको निर्वाचन प्रमुख रेवतीरमण भट्टराईले जानकारी दिए । विहान ८ वजे सुरु भएको मतदान वेलुका ४ वजे सम्म सकिने भनिएता पनि १ घण्टा समय थप गरी वेलुका ५ वजे सम्म मतादन गरिएको थियो । निर्वाचन प्रमुख भट्टराईका अनुसार अहिले राती साढे ८ वजे देखी मतगणना सुरु हुने जानकारी दिए

संघको नयाँ नेतृत्वका लागि संयुक्त प्यानल वाट नारायण प्रसाद भुषाल र प्रजातन्त्रिक प्यानल वाट मन्जु बज्राचार्य अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन । भने संयुक्त प्यानल वाट उद्योग उपाध्यक्षमा नारद पोख्रेल , वाणिज्य उपाध्यक्षमा एकराज खनाल , महा–सचिवमा अनिल आचार्य , सचिवमा हरि खरेल , कोषाध्यक्ष श्रीधर पोख्रेल , उद्योग सदस्यमा मित्रदेव अधिकारी , महिला सदस्यमा हेमन्ती पुन मगर सदस्यहरुमा विष्णु प्रसाद सुवेदी , नारायाण् प्रसाद पोख्रेल , पिताम्वर शर्मा , नारायण प्रसाद लामिछाने , भिमसेन गिरी र महेन्द्र वुढाथोकी रहेका छन ।

प्रजातान्त्रिक प्यानल वाट उद्योग उपाध्यक्षमा बसन्त जोशी , वाणिज्य उपाध्यक्षमा टंकसिह वुढाथोकी ,महा–सचिवमा नरेश कार्की , सचिवमा माया कुमारी पोख्रेल , कोषाध्यक्ष सुशिल पोख्रेल , उद्योग सदस्यमा टंक प्रसाद पोख्रेल , महिला सदस्यमा विन्दु दाहाल , सदस्यहरुमा मिन राज भाट , भुवन पोख्रेल , छविनारायण गिरी , तेज वहादुर पौडेल ‘विश्व ’ धनपति शर्मा ‘सिद्धवावा’ र राज कुमार गुप्ता छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्