प्रतिष्ठान माथी छानबिन गर्न सांसद्को माग



जनक नेपाली

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छानविनका लागि दाङका  सांसद्हरुले माग गरेका छन् ।

उनीहरुले आज संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापती जयपुरी घर्तीलाई भेटेर लिखित रुपमा छानविनको माग गरेका हुुन् । सांसद्हरुले प्रतिष्ठानमा नियमित रुपमा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने माग समेत गरेका छन् ।

यसरी माग गर्ने सांसद्हरुमा पूर्व मन्त्री तथा सांसद् रेखा शर्मा, नेकपाकी सचेत शान्ता चौधरी, सांसद्हरु मेटमणी चौधरी, हिराचन्द्र केसी, सुजिता शाक्य, कोमल वली, गंगा चौधरी र विष्णु शर्मा रहेका छन् ।उनीहरुको लिखत निवेदन बुुझ्दै समितिका सभापती जयपुरी घर्तीले यस विषयमा आँफूले गम्भिर चासो दिएको प्रतिकृय दिइन् । उनले समस्या समाधानका लागि तुुरुन्त पहल गर्ने बताएकी छन् ।

सभापती जयपुरी घर्तीलाई ध्यानाकर्षण गराए लगत्तै  प्रतिकृया दिदै सांसद् रेखा शर्माले सर्वसुुलभ स्वास्थ्य सेवा पाउनु आम नागरीकको अधिकार भएको बताइन् । उनले प्रतिष्ठानको विषयमा छानविन गरेर उचित कदम चाल्नुुपर्ने आवश्यकता औंल्याएइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्