राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार ०७३ वाट दुई जना पत्रकार पुरस्कृत हुदै



सैघाली खबर
काठमाण्डौ ३१ , साउन
‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ यस पटक दुई जना पत्रकारलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले रु.७५ हजार राशीको यो पुरस्कार कान्तिपुर दैनिकका माधव अर्याल ‘पाल्पा’ र अन्नपूर्ण पोष्ट दैनिकका सुरेन्द्र काफ्ले ‘बाँके’ लाई संयुक्तरुपमा प्रदान गर्ने लागिएको छ ।


यसैगरी बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु ३० हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ को पनि निर्णय सार्वजनिक गरिएको छ । सोअनुसार प्रदेश नम्बर १ बाट सरिता राई ‘रासस–भोजपुर’ र भीम चापागाई ‘नागरिक दैनिक–इलाम’, प्रदेश नम्बर २ बाट उपेन्द्र ठाकुर ‘कान्तिपुर टिभी–पर्सा’ र महेशकुमार दास ‘नागरिक दैनिक–महोत्तरी’, प्रदेश नम्बर ३ बाट गिरिजा अधिकारी ‘तुखवर डटकम–मकवानपुर’ र विमल खतिवडा ‘कान्तिपुर दैनिक–चितवन’र प्रदेश नम्बर ४ बाट लालप्रसाद शर्मा ‘कान्तिपुर दैनिक–पर्वत’ र अमरराज नहर्की ‘गोरखापत्र–तनहुँ’ लाई संयुक्तरूपमा प्रदान गरिने भएको छ । प्रदेश नम्बर ५ बाट चुरामणि पोखरेल ‘अन्नपूर्ण पोष्ट–रुपन्देही’ र प्रदेश नम्बर ६ वाट संयुक्तरूपमा प्रकाश अधिकारी ‘कान्तिपुर दैनिक–सुर्खेत’ र ललितबहादुर बुढा ‘अन्नपूर्ण पोष्ट दैनिक–सुर्खेत’, प्रदेश नम्बर ७ बाट डिलबहादुर सिंह ‘गोरखापत्र–डोटी’ , र तेजराज भट्ट ‘नयाँपत्रिका–कैलाली’ र काठमाडौं उपत्यकाबाट गोपाल संग्रौला ‘कारोबार दैनिक–भक्तपुर’ , शरदकुमार शर्मा ‘रासस–काठमाडौंर ’ ,विनोद घिमिरे ‘द काठमाडौं पोष्ट–काठमाडौं’ लाई प्रदान गर्ने निर्णय भएको छ ।

बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशअन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु। २० हजार राशीको ‘शिक्षा लेखनवृत्ति–२०७३’ क्रमशः प्रदेश नम्बर १ बाट विद्या राई ‘कान्तिपुर दैनिक–भोजपुर’, अवतार राई ‘चोमोलुङमा रेडियो–भोजपुर’ र दमन राई ‘नागरिक दैनिक–खोटाङ’ लाई संयुक्तरूपमा प्रदान गर्ने भएको छ । प्रदेश नम्बर २ बाट भोला पासवान ‘कन्चनरुपमा सा–सप्तरी’ र राकेशप्रसाद चौधरी ‘भूमि सा–महोत्तरी’, प्रदेश नम्बर ३– तिलक अधिकारी ‘थाहदर्शन सा।–मकवानपुर’ र शर्मिला बुढाथोकी ‘रेडियो सैलुङ–दोलखा’, प्रदेश नम्बर ४– पवन पौडेल ‘दमौली एफएम–तनुहँ’, प्रतिक्षा काफ्ले –कान्तिपुर दैनिक–स्याङ्जा, प्रदेश नम्बर ५ बाट कृष्ण दर्नाल रासस–पाल्पा’, खगप्रसाद चापागाई ९बुटवल टुडे–कपिलवस्तु०, प्रदेश नम्बर ६ बाट संयुक्तरूपमा दीपेन्द्र शर्मा ९नेपाल समाचारपत्र दैनिक–जाजरकोट०, मेघराज खड्का ९रेडियो नेपाल–रुकुम० र प्रवीर ददेल ९रुकुम० लाई प्रदान गरिने भएको छ । बैठकले प्रदेश नम्बर ७ बाट नरी बडू ९बैतडी० र दुर्गा देवकोटा ९सामुदायिक रेडियो–कैलाली० र काठमाडौंबाट प्रज्ञा तिम्सिना ९इमेज न्यानल टिभी–काठमाडौं० र सञ्जिप घिमिरे ९ननस्टप खवर डटकम–काठमाडौं० लाई प्रदान गर्ने निर्णय भएको छ ।

त्यस्तै उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ तर्फ प्रदेश नम्बर १ बाट रेडियो इलाम इलाम, प्रदेश नम्बर २ बाट रेडियो सलहेस एफएम सिरहा, प्रदेश नम्बर ३ रेडियो नवबुद्ध एफएम काभ्रे, प्रदेश ४ बाट संयुक्तरूपमा सामुदायिक रेडियो परिवर्तन बाग्लुङ र रेडियो चौतारी लमजुङ लाई प्रदान गर्ने निर्णय भएको छ । बैठकले प्रदेश ५ बाट रेडियो प्रतिबोध बाँके, प्रदेश ६ बाट रेडियो ध्रुवतारा दैलेख, प्रदेश ७ बाट संयुक्तरूपमा रेडियो बाजुरा ९बाजुरा०र रेडियो महाकाली कन्चनपुर र काठमाडौं उपत्यकाबाट रेडियो थाहा सञ्चार काठमाडौं लाई प्रदान गरिने भएको छ । रु। २५ हजार राशीको यो पुरस्कारको लागि महासंघको प्रादेशिक संयोजकहरुको संयोजकत्वमा गठित शिक्षा विभागका प्रतिनिधिसहितको समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरिएको हो ।
यसैगरी बैठकले राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु। ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७३’ पत्रपत्रिकातर्फ ब्लाष्ट दैनिक ९सुनसरी० लाई प्रदान गरिने भएको छ भने टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन काठमाडौं लाई प्रदान गरिएको छ । साथै, यसै वर्षदेखि सुरु गरिएको अनलाईन तर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एडुखवर डटकमलाई प्रदान गरिएको छ ।
महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्