यास्तो छ जिवन शर्मा निश्कासन हुनुको मुख्य कारण




रक्तिम सास्कृतिक अभियानका अध्यक्ष तथा बहुचर्चित जनवादी गाएक क. जीवन शर्मा पार्टी निलम्बनमा परेका छन ।
नेकपा(मसाल) को आठौं महाधिवेशनको तयारी चलिरहेको अवस्थामा नेकपा(मसाल) को केन्द्रीय कार्यलयको वैठकले शर्मालाई पार्टी केन्द्रीय सल्लाहकार तथा सदस्यबाट ६ महिनाको लागि निलम्बन गर्नुका साथै रक्तिम सास्कृतिक अभियानको केन्द्रीय अध्यक्षबाट पनि हटाउने निर्णय गरेको छ ।
शर्माले महाधिवेशनको अवसरमा चलेको दुई लाइन सघर्षमा स्पष्टसङ्ग अल्पमत पक्षको राजनितिक कार्यदिशालाई समर्थन गरेका थिए । अल्पमत पक्षमा लागेका नेता/कार्यकर्तालाई यो वा त्यो बाहनामा अनुशासनको डन्डा लगाएर पार्टीबाट कारवाही गर्दै आएको मसालको बहुमत पक्षले केन्द्रीय समिती र कार्यलयमा प्राविधिक बहुमत बनाएर जीवन शर्मालाई लाई पार्टीबाट निलम्बन गरेको हो ।
रक्तिम सास्कृतिक अभियानको चौथो रास्ट्रीय सम्मेलनको तयारिको लागि देश दौडाहमा रहेका शर्मालाई पार्टीले रक्तिमको अध्यक्ष समेतबाट हटाउनु निकै नै आश्चर्यको विषय हो
जीवन शर्मा नेपाली जनवादी सास्कृतिक आन्दोलनका धरोहर हुन । उनले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन निरन्तर सघर्ष गर्दै आएका छन । जीवन शर्मालाई पार्टीबाट गरिएको निलम्बनलाई लिएर मसाल भित्र तिब्र विरोध पैदा भएको बुझिएको छ । रक्तिम सास्कृतिक अभियानको चौथो रास्ट्रीय सम्मेलनको पुर्व सन्ध्यामा शर्मालाई हटाउदै रक्तिमको सम्मेलनलाइ समेत पछि धकेलिएको छ । सम्मेलन आगमी वैशाखमा हुने भएको छ ।

फोन बार्तामार्फत जिबन शर्माले आफुलाई कुनै कारबाहीको जानकारी नआएको सैघाली खबरलाई जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्