माघ २३ गतेको राशीफल



मेषः– समयमा गरेका काम सफल हुनेछन्,उचित लाभ हुनेछ । ढिला सुस्ति गर्दा जति फाइदा लिन सकिन्थ्यो त्यति हुने छैन । आफुले लिने फाइदा अरुले लिने छन् । पठन पाठनमा कमै ध्यान जानेछ । आफन्त भए पनि ऋण लगानी नगर्नु होला । व्यापार व्यवसायबाट घाटा त हुने छैन तर नाफा कम हुनेछ ।

वृषः– समय अनुकुल देखिन्न । साना साना कुरामा हेलचक्र्याई नगर्नु होला । झुट्टा आरोप लगाउन सक्छन् सतर्क हुनुहोला । प्रतिष्ठा जोगाउनु होला । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अरुको विश्वास धेरै नपर्नु होला । नोकरीमा समस्या आउन सक्छ । अतिथि सत्कारमा धन खर्च हुनेछ ।

मिथुनः– कार्य क्षेत्र छोडेर बाहिर नजानु होला,सम्भावनाका ढोका खुल्लै देखिन्छन् । समयमा कार्य सम्पादन गर्नु होला । ढिला गर्दा अवसर अरुले छोप्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आम्दानीलाई वचतमा परिणत गर्न भने गाह्रो हुनेछ । अरुको कुराको धेरै विश्वास नगर्नु होला । ऋण लगानी नगर्नु होला ।

कर्कटः– सामान्यतया दिन अनुकुल नै देखिन्छ । कार्य तालिका बनाएर योजना अगाडि बढाउनु होला सफलताका सिढि चढ्न गाह्रो हुने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सहयोगी मित्र भेटिने छन् । साझेदारीमा काम नगर्नु होला । द्वन्दबाट टाढा बस्नु होला ।

सिंहः– काममा पूर्ण सुधार होइन क्रमिक सुधार आउनेछ । समस्याको समाधानका उपायहरु पत्ता लाग्नेछ । उपकारी काममा समय बढि खर्च हुनेछ तर आफ्नो उपकार गर्ने कोहि हुनेछैन । घर छोडेर बाहिर जान मन लाग्नेछ । व्यवसाय परिर्वतनको चाहान बढ्नेछ । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । वौद्धिक जगत सँग भेटघाट हुनेछ ।

कन्याः– समयले साथ दिने छैन । सपनाहरु विलाउने छन् । अनावस्यक विषयमा तनाव हुनेछ । संचित धनमा ह्रास आउनेछ खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अविश्वासको वातावरण बन्नेछ । कामले पूर्ण गति लिने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । कार्य क्षमतामा ह्रास आउनेछ ।
तुलाः– समयको महत्व वुझेर काम गर्नु होला हेलचक्र्याई भयो भने पछि पश्चताप गर्नु बाहेक केहि हुनेछैन । समयमा गरेका काम सफल हुनेछन् । उपलब्धि पनि हात लाग्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पारिवारिक सहयोगमा कुनै कमि आउने छैन । बाह्य व्यक्तिको भर परेर काम नगर्नु होला धोका हुनेछ ।

वृश्चिकः– काम गर्ने वातावरण विस्तारै तयार हुनेछ । संघर्ष विना सपना साकार हुने छैनन । आयात निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । ऋण मोचनको सम्भावना पनि देखिन्छ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ । कार्य क्षमता बढ्नेछ । नयाँ योजनाको बारेमा विचार विमर्श हुनेछ । यात्राको योजना बन्नेछ ।

धनुः–सहज रुपमा काम गर्ने बातावरण अझै बन्ने छैन । साना साना समस्या समाधान गर्न पनि तयारी ठुलो गर्नु होला । उपलब्धि हासिल गर्न संघर्षका बाटाहरु रोज्नु पर्नेछ । लेनदेन कारोबारमा समस्या आउन सक्छ । सवैलाई आफ्नो ठानेर आत्मिय कुरा नखोल्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो नाफा लिन सकिने छैन ।

मकरः– तपाई माथि भ्रम जाल बुनेर फाल्ने छन् विचार पु¥याउनु होला । सानो हेलचक्र्यार्ईले ठुलो घाटा हुनेछ । मिलेर काम गर्दा धोका हुनेछ । घरयासी खर्चमा कुनै कमि आउने छैन । जीवन साथीको सहयोग र सल्लाहामा काम गर्दा सामान्य राहत मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । नेतृत्वको प्यास जाग्नेछ ।

कुम्भः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । कर्म अनुसार व्यापार व्यवसायबाट फल मिल्नेछ । ढिला सुस्ति र हेलचक्र्याईले आफैलाई घाटा हुनेछ । लगनशिलता बढाउनु होला । अरुको धेरै विश्वास र भरोसा नगर्नु होला । बढि महत्वकाँक्षी नबनि काम गर्नु होला ।

मिनः– कर्म क्षेत्र छोडेर बाहिर नजानु होला । काममा विस्तारै सुधार आउनेछ । आर्थिक समस्या कम भएर जानेछन् । व्यापारमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता विस्तारै बढ्नेछ । बोलीको विश्वासमा मात्रै अगाडि बढ्नु भयो भने दुख पाउनु हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । पढाई लेखाईमा भने कम ध्यान जानेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्