तीन बर्ष देखि पालमुनी



जनक नेपाली
दाङ । तुलसीपुर उप–महानरपालिका १३ मजघटुवाका बाढी पीडित तीन बर्ष देखि पालमुनी बस्दै आएका छन् । ०७३ साउन २७ गते राति गाउँमा बाढी पसेपछि घरबार बगाउँदा उनिहरु पालमुनी बस्दै आएको बाढी पिडितले बताएका छन । हिउँदमा चिसोका कारण निकै समस्या भोग्नु परेको बाढीपीडित नरबहबादुर बिकले बताउनुभयो । बाढीले घर बगाएपछि आफुहरु खुल्ला चौरमै दिन काट्न आएको बिकको भनाई छ । बाढी पीडितसँग खानलाई न मानो बस्नलाई न छानो केही नभएको बताउँदै धेरै बाढीपीडितले अकालमै ज्यान गुमाउने अवस्थामा पुगेको बताउनु भयो ।

 


२०७१ साउन २८ गते आएको बबई गाउँमा पसेपछि तङ्ग्रीन नपाएका बाढीपीडित पुनः बाढी तुईखोला गाउँमा पस्दा घरखेत बगाएर खुल्ला आकाशमुनि बस्न बाध्य छन् । गाउँमा बाढी पसेपछि १ सय ४ घर परिवार विस्थापित भएको बताउँदै उहाँले त्यसमध्ये ३० घर परिवार निकै संकटमा परेको बताउनुभयो ।
बाढीले घर बगाउँदा विस्थापित बनेका सबै त्रिपालमुनि गुजारा गर्दै आएको बिकले बताउनुभयो । चिसोका कारण सबैभन्दा बालबालिका र बृद्धबृद्धाहरु समस्यामा परेका अर्का बाढीपीडित जितराम बिकले बताउनुभयो । चिसोसँगै बाढीपीडितको घर बनाउन नसक्दा निकै समस्यामा परेका बताउँदै आफुहरु चिसोले कठ्याङ्ग्रीन बाध्य भएको बिकको भनाई छ । त्रिपालमुनि बस्दै आएका बाढीपीडितलाई टाउको दुख्ने, वाकवाकी लाग्ने, निमोनिया, ज्वरोको समस्या आउने जस्ता समस्या देखिएको बिकले जानकारी दिनुभयो ।

घर भत्काएपछि कतिपय बाढी पीडित अहिले आफन्तको घरमा बस्दै आएका छन् । बाढीपीडितसँग न्यानो कपडा लत्ता नहुँदा पनि समस्या झेल्नपर्ने बाध्य भएको उहाँको भनाई छ । जाडो याममा आउने पाहुनालाई कता बसाउने के खुवाउने, कहाँ सुताउने ठूलो पिरलो छ उहाँले थप्नुभयो । बाढीपीडित सारा गाउँलेहरु केटाकेटीलाई न्यायो बनाउन आगो बालेर बस्छौं’ बिकले भन्नुभयो ।

‘घर भत्किएको ७ महिना हुन लाग्यो अहिलेसम्म सरकारले घर बनाउनका लागि कुनै पहल थालेको छैन’ अर्का बाढीपीडित लक्ष्मी सुनारले भन्नुभयो । सरकारले पीडितलाई दुई लाख दिन भने पनि त्यसको लागि कुनै पहल नभएको लक्ष्मीको भनाई छ । सरकारले दिने दुई खाले घर बनाउन निकै समस्या हुने भन्दै त्यसका लागि बजेटसमेत अभाव हुने देखिएको छ लक्ष्मीले भन्नुभयो । दुई लाखले सिमेन्ट, ढुंगा, गिट्टी, काठ किन्ने कि मिस्त्रीलाई ज्याला दिने यसले कसरी खर्च धान्न सकिन्छ उहाँले भन्नुभयो ।

घरभित्र रहेका सबै सम्पति बाढीले बगाएर लग्यो घर निर्माणका लागि आफुसँग कुनै स्रोत छैन घर कसरी बनाउनु भन्नुभयो । साँझ बिहानको छाक टार्नसमेत मुस्किल भएको बताउँदै घर बनाउनु त आफ्ना लागि ठुलै सपना बनिदिन्छ उहाँले भन्नुभयो । ‘सरकारले दिने गरेको रकम पनि एक मुष्ट नभएर किस्ता किस्तामा दिन्छ, यसले झनै समस्यामा छौ । सरकारले बाढीपीडितलाई स्थायी रुपमा सुरक्षित आबासको ब्यबस्था नगर्दासम्म बर्षेनी बाढीपीडितको समस्या हल हुन नसक्ने बताउनु भयो । आफुहरु खोला किनारमा घर बनाएर बसेको बताउँदै उहाँले सबै स्थानीयहरुलाई घर सुरक्षित स्थानमा गर्नसमेत माग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्