सैघाली खबर
दाङ ३१ साउन
नयाँ नेतृत्व चयनका लागि मंगलवार सम्पन्न उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना सुरु भएको छ । विहान ८ वजे देखी सुरु भएको मतदान वेलुका ५ वजे सम्पन्न भएको थियो ।
मतदान सम्पन्न संगै राती साढे ८ वजे वाट मतगणना सुरु हुने भनिए पनि मतगणना प्रक्रियामा ढिलाई हुदा निर्धारित समयमा मत गणना सुरु हुन नसकेको निर्वाचन प्रमुख रेवतीरवण भट्टराईले जानकारी दिए ।
उनका अनुसार राती १० वजे वाट मतगणना सुरु भएको जानकारी दिए । मतगणनाका काम जारी रहने उनले वताए । २ हजार कुल मतदाता मध्ये १ हजार , सय ६ , २८ मत खसेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।