सावधान !मेकअप गर्न नजान्दा यस्तो हुनसक्छ



 

 


पछिल्लो समय राम्री बन्नैका लागी   जुन कुनै महङगो क्रिमहरु प्रयोग गरेमा मात्र राम्री बनिन्छ भन्ने भ्रम आम महिलाहरुमा देखिन्छ त्यस्ौले हामी राम्रो देखिनका लागि वा आकर्षक बन्नका लागि मेकअप गर्छौ । तर, त्यही मेकअपले हाम्रो प्राकृतिक सौन्दर्य नष्ट गरिरहेको हुन्छ ।र मेकअप गर्न नजान्दा झन कुरुप बनाएको हुन्छ।

हामीले हाम्रो अनुहारमा कुन क्रिमको कीरीम प्रयोग गर्दा राम्रो वा सुन्दर बनिन्छ त्यो कुरामा चाही ख्याल राख्नु पर्छ। होइन भने बढि मेकअपले झन कुरुप बनाउन सक्छ। मेकअप, अहिले अनियवार्य जस्तै भएको छ । घर बाहिर निस्कनुअघि मेकअप गर्नैपर्ने । फेसवासले अनुहार धुनुपर्ने, क्रिम लगाउनुपर्ने, लिपस्टिक लगाउनै पर्ने ।

आफ्नो प्रकृतिक रुपमाथि थरीथरीको व्युटी प्रोडक्टले लिपपोत गरिन्छ ।अहिले बजारमा अनेकथरीका सौन्दर्य प्रसाधन उपलब्ध छन् । विभिन्न ब्रान्डका यी प्रसाधनको प्रयोजन अनेक छन् । कुनै अनुहारलाई चम्किलो बनाउन त कुनै चाहुरिपना छोप्न । कुनै ओंठलाई रसिलो बनाउन त, कुनै चिम्सा आँखालाई ठूलो बनाउन ।

 

मेकअपको हानी

प्राकृतिक ढंगबाट आफुलाई सुन्दर बनाउन मिहेनत गर्नुपर्छ । समय पनि लाग्छ । साथै आत्मा अनुशासन पालना गर्नुपर्छ । त्यही कारण हामी छिटो, छरितो र सजिलो बाटो रोज्छौ । अनुहारको चाहुरिपन हटाउन मसाज गर्ने, पर्याप्त तरल पदार्थ पिउने भन्दा पनि त्यसलाई क्रिमले छोप्ने गरिन्छ । अनुहार चम्काउनका लागि व्यायाम गर्ने, पेट सफा राख्ने, रगत सफा गर्ने नभई क्रिम दल्ने गरिन्छ । यसले क्षणिक सुन्दरता दिएपनि दीर्घकालिन रुपमा प्राकृतिक सौन्दर्य नष्ट गर्छ ।

१। प्राकृतिक सौन्दर्य नष्ट गर्छ

लामो समयसम्म सौन्दर्य प्रसाधन प्रयोग गर्दा त्यसको हानिकारक रसायनको प्रभाव पर्छ । यसले छालाको प्राकृतिक सौन्दर्य नष्ट गर्छ । प्राकृतिक नरमपन, चमक नष्ट गर्छ ।

२। छालाको समस्या

फेयरनेस क्रिम, सन क्रिम जस्ता केमिकलमा आधारित ब्युटी प्रोडक्टले छालाको रोग निम्त्याउँछ । छालाको एजर्ली हुने, रुखो हुने, चिलाउने, घाउ हुने जस्ता समस्या देखापर्छ । किनभने हामीले प्रयोग गर्ने यी सौन्दर्य प्रसाधनमध्ये कति त एकदमै कमसल र हानिकारक पनि हुन्छ ।

३। चक्कर लाग्ने

लामो समयसम्म व्युटी प्रोडक्ट प्रयोग गर्दा टाउको दुख्ने समस्या हुन्छ । साथै धेरै मेकअप गर्नेहरुलाई चक्कर लाग्ने, चाडै थकाई लाग्ने समस्या देखिन्छ ।

४। जिर्ण र रुखो बनाउँछ

थरीथरीका मेकअप गर्दा त्यसको प्रत्यक्ष असर छालामा पर्छ । रसायनयुक्त त्यस्ता व्युटी प्रोडक्टको प्रयोगले छाला रुखो हुन्छ । जिर्ण हुन्छ । र, चाडै बुढो देखिन थाल्छ ।

५। केसको समस्या

अहिले विभिन्न थरीका हेयर प्रोडक्ट पनि बजारमा उपलब्ध छ । हेयरस्टाइलका लागि स्याम्पु, कन्डिसनर, रंग प्रयोग गरिन्छ । यस किसिमको प्रसाधन धेरै र जथाभावी प्रयोग गर्दा त्यसले केसलाई नोक्सान गर्छ ।

६। आँखामा समस्या

सौन्दर्य प्रसाधनको प्रयोगले आँखाको संक्रमण हुनसक्छ । आँखा चिलाउने, पोल्ने समस्या देखिन्छ ।

कसरी पाउने प्राकृतिक सौन्दर्य 

वास्तवमा अधिकांश सौन्दर्य प्रसाधनमा रसायन हुन्छ, जसले क्षणिक रुपमा अनुहार राम्रो देखाएपनि दिर्घकालिन असर गर्छ । त्यसैले लिपपोत गरेर अनुहार राम्रो देखाउनुभन्दा पनि प्राकृतिक रुपले त्यसलाई मुलायम, चम्किलो र स्वस्थ्य बनाउनु राम्रो हो ।
यसका निम्ति स्वस्थ्य दिनचर्या पालना गनुपर्छ । निश्चित समय सुत्ने, ताजा फलफूल सेवन गर्ने, पर्याप्त पानी पिउने, सरसफाईमा ध्यान दिने, व्यायाम गर्ने, ध्यान गर्ने जस्ता विधीले अनुहारमा प्राकृतिक चमक आउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्