रोटरीको विपद व्यवस्थापन कोषलाई सहयोग



सैघाली खबर
दाङ, साउन ३२ 

सामाजिक कार्यमा अग्रसरता देखाउदै आएको रोटरी क्लव अफ तुलसीपुर सिटीले मेयर विपद व्यवस्थापन कोषलाई २५ हजार सहयोग गरेको छ । वाढीपीडितमा परेकाहरुलाई सहयोग गर्नु मानविय धर्म भएकाले क्लवले सहयोग गरेको क्लवका अध्यक्ष तुफानवावु श्रेष्ठले वताउनु भयो । राहत वितरण कार्यक्रमलाई सम्वोधन गर्दै कोषका संयोजक मेयर घनश्याम पाण्डेले वाढीपीडितको दुखलाई रोटरीले आफ्नो दुख सम्झेर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले रोटरीले विभिन्न समयमा गरेको सामाजिक कार्यको समेत खुलेर प्रसंशा गर्नुभयो ।

रोटरीका अध्यक्ष श्रेष्ठले चेक हस्तान्तरण गर्दै आगामी दिनमा पनि वाढीपीडितका लागि थप सहयोगको पहल गर्ने वताउनु भएको थियो । रोटरी डिष्ट्रिक ३२९२ का असिस्टेन्ट गभर्नर कुशल तर्तालले रोटरीले विगतमा पनि वाढीपीडितलाई राहत वितरणमा अग्रसरता देखाएको र आगामी दिनमा पनि निरन्तर अग्रसरता देखाउने वताउनु भयो । उहाँले तुलसीपुर उपमहानगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरेकोमा प्रसंशा समेत गर्नुभयो । क्लवका पुर्व अध्यक्ष अनुप कुमार श्रेष्ठले सामाजिक कार्य गर्नका लागि रोटरीले सधै पहल कदमी लिने वताउनु भएको थियो । कार्यक्रमको सहजिकरण रोटरियन दुर्गा केसीले गर्नुभएको थियो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्