चिकित्सक संघले देशभरका चिकित्सकलाई काठमाण्डौमा बोलायो



सरकारी चिकित्सक संघले देशभरको सबै सरकारी चिकित्सकहरुलाई काठमाडौँमा भेला हुन पत्राचार गरेको छ । चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेद्धारा हस्ताक्षर गरिएको पत्रमा गएको पुसमा स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकहरुसँग भएको सहमति विपरित सरकार गएको हुँदा आन्दोलनको लागि काठमाडौँ बोलाइएको पत्रमा उल्लेख गरिएको छ ।

‘देश संघीयतामा गइसकेको र चिकित्सकको समायोजन गर्दा प्रत्यक्ष रुपमा चिकित्सक वर्गको बृत्ती विकास, सरुवा, बढुवामा समस्या लगायतको विषयमा मन्त्रालय र संघबीच भएको सहमति अनुसारनै हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

समायोजनको प्रक्रिया अघि बढ्ने तर चिकित्सकसँग भएको सहमतिको कार्यान्वयनमा भने सरकार मौन र सुस्त देखिएकाले चिकित्सहरुलाई काठमाडौँमा आउन आग्रह गरिएको जनाएको छ ।

सरकारी चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच भएको सहमति कार्यान्वयन नभएको खण्डमा देशको स्वास्थ्य क्षेत्रमा ठूलो समस्या आउने संघले चेतावनी दिएको छ ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्