निर्मला पन्तको हत्यारालाई कुनै पनि हालतमा छाडिन्न – गृहमन्त्री थापा



काठमाण्डौ ।गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त हत्याको हत्यारा कुनै पनि ठाउमा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि कुनै पनि हालतमा नछाडिने बताएका छन।

पछिल्लो समय निर्मला हत्या प्रकरण सबै ठाउमा सवालको बिषय बनेको छ ।प्रतिनिधिसभाको आजको बैठकमा पनि सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले निर्मला हत्याकाण्ड प्रकरणमा सरकार गम्भीर भएर अनुसन्धानमा लागी परेको र पत्ता लगाएरै छाड्ने बताए ।

गृहमन्त्री थापाले अपराधीलाई कुनै पनि राज्यले छुट नदिने भन्दै जहाँ भए पनि कानुनको कठघरामा ल्याएरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन।नेपाली कांग्रेस सांसद डिला संग्रौलाले पन्तको हत्यारा कहाँ छ? भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले यस्तो बताएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्