अभिषेक बच्चनको यति धेरै सम्पत्ति,४० करोडको बंगला, ६ करोडको विलासी कार



अभिषेक बच्चन ४३ वर्षका भए । सन् १९७६ को फेब्रुअरी ५ तारिखमा जन्मिएका अभिषेकले सन् २००० मा फिल्म ‘रिफ्युजी’ बाट करियरको सुरुवात गरेका थिए । त्यतिबेलादेखि अहिलेसम्म अभिषेकले करिब ६० फिल्ममा काम गरिसकेका छन् ।

१९ वर्षको लामो फिल्मी करियरमा उनका थोरै फिल्ममात्र हिट भए । यति हुँदा हुँदै पनि अभिषेक करोडौं सम्पत्तिका मालिक हुन् ।

वेबसाइट नेटवर्दियरका अनुसार अभिषेक एउटा फिल्मका लागि ३ देखि ५ करोड शुल्क लिन्छन् । यतिमात्रै होइन उनी करिब ३० मिलियन डलर (तीन अर्ब ४३ करोड रुपैयाँ) का मालिक हुन् ।

अभिषेक बच्चन फिल्मबाहेक अन्य थुप्रै स्रोतबाट पनि कमाई गर्छन् । उनीसँग प्रो–कबड्डी लीग टिम जयपुर पिंक प्यान्थर्स छ । यसका साथै, अभिषेक इन्डियन सुपरलीगको फुटबल टीम ‘चेन्नईन एफसी’ का पनि मालिक हुन् । सन् २०१४ मा जयपुर पिंक प्यान्थर्स विनर रह्यो जबकी ‘चेन्नइयन एफसी’ सन् २०१५ र २०१८ मा फाइनल जित्न सफल रह्यो ।

अभिषेकसँग थुप्रै ब्रान्डको विज्ञापन छ जसमार्फत उनको राम्रो कमाई हुन्छ । अभिषेक एलजी, मोटोरोला, आइडिया मोबाइल र भिडियोकनजस्ता कम्पनीका ब्रान्ड एम्बेसेडर भइसकेको छ । एक अनुमानका अनुसार अभिषेक विज्ञापनमार्फत वार्षीक एक करोडको कमाई गर्छन् ।

अभिषेक बच्चन कारका सौखिन हुन् । उनीसँग ओडी A8L, मर्सिडिज–बेन्ज एस–क्लास S350d, मर्सिडिज बेन्ज एस–क्लास S500, मर्सिडिज बेन्ज GL63 AMG, बेन्टले कन्टिनेन्टल GT र जगुआरजस्ता विलासी कार छन् । यी कारका मूल्य करिब ६ करोड छ ।

अभिषेकसँग मुम्बईमा रियल इस्टेट प्रोपर्टी पनि छ जसलाई उनले सन् २०११ मा खरिद गरेका थिए । अभिषेकको यो घरको मूल्य करिब ४० करोड हो । ३८७५ स्क्वायर फिटमा फैलिएको उनको यो घर स्काइलार्क टावर्सको ३७ औं तल्लामा छ । यसमा पाँच बेडरुम, फ्यामिली रुम, डाइनिङ एरिया र हर साइडमा २० फिटको टेरेस पनि छ । वेबसाइट finapp.co.in को रिपोर्ट अनुसार अभिषेकले करिब १३२ करोड भारुको व्यक्तिगत लगानी पनि गरेका छन् ।
अभिषेक बच्चन अर्बौं सम्पत्तिका मालिक भएपनि ऐश्वर्याको तुलनामा उनी पछि नै छन् । नेटवर्दियरको रिपोर्ट अनुसार ऐश्वर्या करिब ३५ मिलियन डलरकी मालिक हुन् । ऐश्वर्या राय पनि फिल्मका साथै विज्ञापनमार्फत पनि मोटो रकम कमाउँछिन् । ऐश्वर्या एउटा विज्ञापनको ४–५ करोड लिन्छिन् । यसका साथै ऐश्वर्याको नीजि लगानी भारु १८२ करोडको आसपास छ । ऐश्वर्यासँग चार विलासी कार छन् जसको मूल्य ६.२ करोड पर्छ । यसबाहेक उनी विभिन्न कम्पनीकी सेयर होल्डर पनि हुन् ।

 ratopati.com  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्