मुख्य समाचार

राष्ट्रपतिविरुद्ध सामाजिक सञ्जालमार्फत घृणा—द्धेष फैलाउने पत्रकार सुनार जेल चलान

By थाहा अनलाइन

August 16, 2017

सैघाली खबर

काठमाडौं,३२ साउन

राष्ट्रपतिविरुद्ध उछालिएको १६ करोडको गाडी खरिदसम्बन्धी प्रकरणमा सामाजिक सञ्जालमार्फत घृणा—द्धेष फैलाउने पत्रकार सोनमकुमार सुनार जेलचलान भएका छन् ।

कपिलवस्तुस्थित सउदी डेभलपमेन्ट बैंकद्धारा सञ्चालित मुस्लिम रेडियो हुँदाको स्टेशन म्यानेजर रहेका प्युठानवासी उनी त्यहीँबाट समाातेर काठमाडौं ल्याइएका हुन् ।

असार २९ गते विशान ११ बजे रेडियोबाट गिरफ्तार गरिएका उनलाई काठमाडौं जिल्ला अदातलको साउन २३ गतेको आदेशअनुसार विधुतीय कारोबार ऐन, २०६३ को दफा ४७, ५६ र ७६ बमोजिम ५ बर्ष कैद मागदावी भएकामा सोको भुक्तानका निमित केन्द्रीय कारागार चलान गरिएको छ ।