जीवन बाच्नकै लागि कसैको सहयोगको पर्खाइमा गिरी बावुछोरा



विदुर एम सी, भालुवाङ्ग ।
कसैलाई खाएको पचाउनकै लागि हजमोला पाचक आदि खानुपर्ने बाध्यता छ । भने कसैलाई विहान के खाने र बेलुका के खाने भन्ने पिरलो । यस्तै छ , हाम्रो देशको अवस्था ।
कुरा दाङ देउखुरीको राप्ती गाउँ पालिका अन्तरगत वडा न २ स्थित बराखुटिको हो । यसै ठाँउमा पूर्वपश्चिम महेन्द्र राजमार्गसङ्गै जोडिएको एउटा टिनको छानो भएको एककोठाको घर त छ । तर त्यस घरमा ३४ वर्षका रोमलाल गिरी र उनका एकमात्र आठ वर्षका छोरा मनोज गिरी बस्दै आएका छन् ।
भारतको चेन्नैमा एउटा मालिकको कोठिमा चौकिदारी गर्ने क्रममा लडेर रोमलालको ढाड ९ मेरुदण्ड ० भाचिन पुग्यो । त्यसपछि मालिकले झण्डै डेढलाख जति भारतीय रुपैयाँ खर्च गरेर उनको ढाडको अप्रेसन त गरिदियो । तर हिड्नका लागि उनलाई ह्विल चियर र बैशाखी चाहिने भयो ।

 


घुडामाथि पिलो भनेझै भाचिएको ढाडको अप्रेसन गरेर मुढोसरि पल्टिएका रोमलाललाई कुकुरले हाड छोडन झैँ छोडेर अर्कै नौजवानशीत श्रीमती ठाडोपुच्छर लगाइन् । नाबालक छोरा , आफ्नो त्यो दुर्दशा । क्या परिआउछ मान्छेको जातलाई पनि ।
जसोतसो त्यहाँका नेपाली भाइहरुको सहायताले गिरी बावुछोरा नेपाल त आए ।
आएपछि आफ्नो भएको एककठ्ठा जमिन बेचेको पैसाले त्यही एककोठे टिनले छाएको घर बनाउन भ्याए । आफूलाई बाहिर भित्र गर्नपनी मुस्किल छ उनलाई ।
त्यही सानो नाबालक छोरा मनोजले घरमा खाना पकाउने , कपडा धुने लगायतका घरायसी काम गरेर अपांग बाबुलाई खाना खुवाएर स्कुलमा जान्छन् ।
स्थानीय पब्लिक एकेडेमी बोर्डिङ स्कुलको कक्षा एकका विद्यार्थी हुन् मनोज ।
एकातिर के खाने , के लाउनेको समस्या त छदैछ , गिरी परिवारलाई । आठ वर्षका छोराको शिक्षाको भविष्य त अझै अन्योल छ ।
घरमा भित्र बाहिर लथालिङ्ग छ हालत । जीउ हेर्दा त हट्टाकट्टा देखिन्छन् रोमलाल । तर के गर्नु रु गरिखाने न मरिजाने जस्ता भएका छन् उनी ।
इष्टमित्र , छिमेकीहरुले पनि कतिदिन हेरुन उनीहरूलाई रु एकदिन दुइदिन भएपो ।
सरकार वा अन्य कुनैपनि सहयोगको याचना गरिरहेका छन् यी गिरी बाबुछोराले ।

यो समाचार मार्फत थाहापाउने जोकोहि पनि होस । बाच्नका लागि सहयोगी मनहरुको पर्खाइमा दिन गुजारिरहेका छन् उनीहरू । तसर्थ जुनसुकै व्यक्ति , सस्था यो परिवारको सहयोगमा जुट्नु पर्छ , एउटा मानवीय नाताले ।

 


अरु जानकारी लिन चाहेमा रोमलाल गिरीको मोबाइल नम्बर 9810848582 मा सम्पर्क गर्न सकिने छ ।
चेन्नइबाट उनका आफन्त मिठु पुरीले उनको बारेमा पहिलो जानकारी गराएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्