अखिल क्रान्तिकारी विद्यार्थी यूनियनद्वारा आन्दोलको घोषणा



काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले नरेन्द्र विश्वकर्माको रिहाईको माग गर्दै आन्दोलनको घोषण गरेको छ । अखिल क्रान्तिकारीका केन्द्रीय कोषध्यक्ष विश्वकर्मालाई सरकारले पक्राउ गरेको भन्दै भोली माघ २४ गते आन्दोलनको घोषण गरेको हो ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै अखिल (क्रान्तिकारी) दाङकी अध्यक्ष प्रितिमा चौधरीले भोली देश भरिका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्न समेत शिक्षक, विद्यार्थी र अविभावकहरुलाई आग्रह गरेकी छन् । विज्ञप्तिमा अखिल क्रान्तिकारीलाई चलाएर सरकारले ठूलो भुल गरेको उल्लेख छ ।

अखिल क्रान्तिकारीलाई चलाउनु भनेको वनको बाघलाई चलाउनु जस्तै हो । सरकारले अखिललाई चलाएर गल्ति गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ –‘के.पी. ओली सरकारले नागरिकको नैसर्गिक अधिकार खोस्दै हाम्रो संगठन अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष कमरेड नरेन्द्र विश्वकर्मालाई माघ १७ गते साँझ बिराटनगरमा, मोरङबाट फर्कने क्रममा वर्तमान दलाल के.पी. सरकारले प्रहरी लगाएर अपहरण शैलीमा गिरफ्तार गरेको घटना प्रति घोर आपत्ति प्रकट गर्दै यथाशीघ्र रिहाईको माग गर्दछौं ।’

त्यस्तै अखिल क्रान्तिकारी विद्यार्थी यूनियनले सरकारको कार्य शैली प्रति आपत्ति जनाएको छ । निर्मला हत्या काण्डका अपराधी र एनसेल कर छली गर्नेहरुलाई कारबाही नगरेकोमा पनि घोर आपत्ति जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्