आजको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु



भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेकोे प्रांगारिक कृषि विधेयक २०७५ प्रदेशसभासमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने ।

-भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेको खाद्य उत्पादन, संरक्षण तथा खाद्य अधिकारको प्रबर्धन गर्न वनेको विधेयक २०७५ लाई मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने ।

-भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरकारी भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि गरेको प्रस्ताव संघीय सरकारसमक्ष पठाउने ।

-सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको श्रम तथा रोेजगार प्रबर्धन नीति २०७५ स्वीकृत गर्ने ।

-सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको कर्णाली प्रदेशमा खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

-सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

– आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको सुशासनसम्वन्धी विधेयक २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

-आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक प्रसारणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने ।

-भौतिक पूर्वाधार मन्त्रालयले प्रस्ताव गरेको पूर्वाधार विकास प्राधिकरण गठन गर्ने सम्बन्धमा वनेको विधेयक २०७५ मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।

-श समन्वय परिषद्को पहिलो ऐ्तिहासिक बैठकलाई सफल पार्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने ।

– कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन २०७५ फागुन १५ गते अपरान्ह १ वजे आव्हानका लागि सिफारिश गर्ने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्