दाङमा जनगायक जीवन शर्माको एकल साङ्गितिक प्रस्तुती हुने



दाङको बबई गाउँपालिका कार्यलयको आयोजनामा आगामी फाल्गुन ११ गते शनिबार साहित्य गोष्ठी हुने भएको छ ।

गोष्ठी संचालक समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा बिहीवार बसेको बैठकले जिल्लास्तरीय कविता प्रतियोगिताका साथै वृहत कवि गोष्ठी गर्ने निर्णय गरेको हो ।

कार्यक्रम साहित्यिक बहसका साथै जनगायक जीवन शर्माको एकल साङ्गितिक प्रस्तुती गरी तीन सत्रमा बाँडिएको छ ।

कार्यक्रममा दाङ जिल्लाका महत्वपूर्ण लेखक, साहित्यकारहरु अतिथिको रुपमा उपस्थित रहने आयोजकले जानकारी दिएको छ । यस्ता कार्यक्रमहरु यस अघिपनि गरिँदै आएको छ । दाङ कला र साहित्यको उर्बर भूमी हो ।

जिल्लास्तरीय कविता प्रतियोगितामा सहभागिताको लागि प्रतियोगी कविहरुले आफ्नो अप्रकाशित कविता १५० शब्दमा नबढाई पठाउनु पर्नेछ ।

रचना पठाउँदा नाम, ठेगाना र सम्पर्क नम्बर सहित फाल्गुन ७ गतेसम्म आइपुग्ने गरी पठाउनहुन अपील गरिएको छ ।

साथै टाढाको प्रतियोगीहरुको सुविधालाई ध्यानमा राखी इमेल ठेगाना  [email protected] मा रचना उठाउन पनि आव्हान गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्