तपाई छुट्नु होला नि ? मतदाता  नामावालीका दर्ताका भदौ ३ गते सम्म



 

 गिरिराज नेपाली

दाङ ३२ , साउन

कतै तपाई छुट्नु भयो की ? निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेका मतदाताहरुको नामावली संकलनका निर्धारण गरेको समय सिमा आज अर्थात वुधवार साउन ३२ गते सम्मको समय निधाृरुण गरे पनि लगातारको वर्षात र थप मतदाता््को संख्या वढि रहेकाले भदौ ३ गते सम्मको समय थप गरेको छ ।  समय अभाव र छुटमा परेका मतदाताहरुको सख्या अत्याधिक रहेकाले  निर्वाचनको आयोगले ३ दिन समय थप गरी भदौ ३  गते  सम्म  फोटो सहितको मतदाता नामावली संकलन अभियान जारी रहने भएको छ ।

विगतका समयमा विविध कारणले मतदाता नामावलीमा नाम छुटेका मतदाताहरुका लागि निर्वाचन आयोगले यही  साउन १ गते देखी ३२ गते सम्म फोटो सहितको मतदाता नामावली  संकलन अभियान संञ्चालन गरेको थियो ।

साउन १ देखी १५ गते सम्म जिल्ला निर्वाचन कार्यालय र १६  देखी ३२ गते सम्म जिल्लाका १० वटै स्थानिय तह वाट एकै साथ मतदाता नामावली संकलन जारी राखिएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेका ,  १८ वर्ष उमेर पुगेका नयाँ मतदाता र अन्य क्षेत्र वाट वसाई सराई आएका मतदाताहरु लाई मतदाता परिचय पत्र दिने उद्देश्यका साथ संञ्चालन गरिएको नयाँ लगत संकलन कार्य आज सकिन लागेको हो । साउन १ गते देखी सुरु भएको फोटो सहितको मतदाता विवरण संकलन १५ दिन सम्म अर्थात साउन १५ गते सम्म जिल्ला निर्वाचन कार्यालय र १६ गते देखी ३२ गते सम्म जिल्लाका १० स्थानिय तहका सम्वन्धीत कार्यालयहरु वाट एकैसाथ लगत लिनेका काम  गरिएको छ ।

जिल्लामा  १ महिने अभियान अन्र्तगत फोटो सहितको मतदाता नामावली संकलन कार्य गरे पनि आयोगले तोकिदिएको समय सिमा छोटो हुदा अझै मतदाताहरु छुट्ेको जिल्ला निर्वाचन कार्यालय दाङको दावी छ ।  वुधवार सम्मको अन्तिम समय सिमा रहे उक्त समय सिमा जिल्लाका लागि अपुग रहेको  जिल्ला निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत बिजय कुमार कार्कीले वताए । उनले भने – ‘१ महिनाको अवधिमा जिल्लामा करिव ४० हजार मतदाताहरु थप हुने अनुमान गरेता पनि समय अभावका कारण अझै मतदाताहरु छुट्न पुगेका छन । ’  दैनिक रुपमा जिल्लामा १ देखी २ हजार सम्म सेवाग्राहीहरुको भिड् लाग्ने गरेको यो समय लाई अझै हप्ता दश दिन वढाउनु पर्ने आवश्यक देखिएको उनले वताए ।

दाङमा ४० हजार मतदाता थप 

मंगलवार सम्म मात्रै दाङमा ४० हजार मतदाता थप भएका छन । आज एक दिन मात्रै वाँकी रहदा २१ हजार , ९ सय १२ महिला र १८ हजार  ४८ पुरुष गरी ४० हजार मतदाताहरु थप भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ  ।  जसमा महिदा मतदाताको सख्या वढि रहेको छ ।  महिला सहभागिता विकास अवसरहरु खुल्दै जाँदा र महिला साक्षरता दर वृद्धि हुदै जाँदा माहिला मतदाताको सख्या ह्वात्तै वढेको पाईन्छ । जिल्ला निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत विजय कुमार कार्कीका अनुसार पछिल्लो  समय महिला सहभागिता विकास हुदै जाँदा महिला मतदाताहरु पनि थपिने लहर वढ्दै गएको  उनले वताए ।

जिल्लाको सख्यात्मक रुपमा महिलाको जनसख्या वढि रहेकाले पनि महिला मतदाता सख्या वढि रहेको देखिन्छ । यसरी थप हुने मतदाताहरुको भिड् दिनानुदिन उत्तिकै रहीरहेकाले फोटो सहितको मतदाता संकलन कार्यको समय सिमा लाई वढाउनु पर्ने आवश्यक रहेको  उनले वताए । साउन १ देखी १५ गते सम्म जिल्ला निर्वाचन कार्यालय र १६  देखी ३१ गते सम्म १६ दिन स्थानिय तहका सम्वन्धीत कार्यालयहरुमा पुगेर विवरण संकलन गर्दा समेत गाँउ–गाँउ वाट नयाँ मतदाताहरु थपिने क्रम उत्तिकै रहेकाले समय थपका लागि आयोगले पुनः विचार गर्नुपर्ने उनले वताए ।  अन्यत्र वाट वसाई सराई गरी जिल्ला भित्रिएका , उमेर पुगेका र अघिल्लो समयमा विविध कारणले छुट्न पुगेकाहरु यसपाली सवै समेटिएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्