यो समाजले दलितको उपस्थितिलाई सामान्य तरिकाले अहिले पनि स्विकार्न सकेको छैन !
हिन्दुहरुले दलितहरु माथी गर्ने ब्यवहार अत्यन्त अमानवीय र निकृष्ट छ ! उनिहरुले दलितहरु लाई हिन्दु धर्मको एउटा हिस्साको रूपमा स्विकारेकै छैनन ! त्यसैले यो समस्याको समाधान भनेको केवल राजनीतिक अधिकार सुनिश्चित गर्दैमा नहुने रहेछ र यसको अर्को पाटो धार्मिक समस्याको हल पनि खोजिनु पर्ने रहेछ भन्ने हामी सबैको भोगाइ बाट महसुस भएको छ ! जात धर्मसग गासिएको एउटा जटिल संरचना हो ! यसले हिन्दु समाजलाइ छिन्नभिन्न पारेको छ ! धर्मले यसलाई सस्थागत गरेको हुँदा र बहुसंख्यक जनतालाई ब्राह्मणवादले ज्ञान प्राप्तिको नैसर्गिक अधिकारबाट हजारौ बर्षदेखी बन्चित गरेको हुँदा जातलाइ मान्छेले अहिले ईश्वरिय देनको रुपमा आत्मसात गरेको अवस्था छ र जात नमान्ने भनेको अधर्मी हो भन्ने मान्यता समाजमा भएकोले राज्यले निर्माण गरेको कानुनि संरचनाले समेत यसको प्रतिकार गर्न सकेको छैन !Set featured image
रुढीबादी मान्यताले ब्यक्तिलाई गुलाम बनाएको छ ! धर्मले लादेको यस मानसिक दासतालाई यदि तोडन सकिएन भने राजनैनिक अधिकारको सुनिश्चितताले मात्र समाजमा बिद्यमान अन्धविश्वास र बिभेद्लाइ हटाउन सकिदोरहेनछ ! नेपाली समाजमा दलितहरु माथी भै रहेको बिभेदको मुल स्रोत भनेको जातीय संरचनालाई मुल आधार मान्ने हिन्दु धर्म नै हो र यसको बैचारिक आधार भनेको ब्राह्मणवाद हो ! ब्राह्मणवाद भनेको ब्यक्ति होइन , यो बिचार हो र मान्छेको मनोबिज्ञान हो ! यो चाहे त्यो दलित होस या गैर दलित सबैको नशा- नशामा रगत बगे जस्तै बगि रहेको छ र यसबाट छुटकारा पाउन त्यति सहज छैन किन भने यसले मान्छेलाई हजारौ बर्षदेखि दास बनाएर राखेको छ ! जात भन्ने कुरा ब्राह्मणवादले सृजना गरेको मानसिकता भएकोले भौतिक अवस्था सुधारिदैमा मान्छेको मानसिकता परिवर्तन आउदैन !
अहिले पनि बाहुन क्षेत्री भएर जन्मिदैमा त्यो ब्यक्तिले आफुलाइ उत्कृष्ट ठान्ने मनोबिज्ञान यहि मानसिकता बाट जन्मिएको छ ! हिन्दु समाजमा ब्यक्तिको आर्थिक , सामाजिक हैसियत पनि यहि जातसंग नै गासिएको छ ! जसको जात जति ठूलो छ उसको आर्थिक र सामाजिक हैसियत पनि उत्तिकै माथी छ ! बाहुन जति सुकै गरिव भए पनि उसको सामाजिक हैसियत एउटा दलितको भन्दा धेरै माथी छ ! उसले आफुलाइ कहिले पनि एउटा दलित श्रमिक सग तुलना गर्न चाहदैन ! किन भने उसले त्यहाँ आफ्नो आर्थिक हैसियत हेर्दैन उसले जातीय हैसियत हेर्छ !
गरिव किन नहोस उसले जातीय उत्कृष्टतालाइ सर्वोपरी ठान्छ र उ दलित गरिव सग सहकार्य गर्न चाहदैन , जात नै उसको लागि सहकार्यको बाधकको रुपमा उभिन्छ ! जातले मान्छेलाई समाजमा अन्तरघुलन हुनबाट पुर्णतः निषेध गरेको छ , हिन्दु धर्ममा सबै मान्छेहरु जातको गुलाम भएर बसेका छन ! जातले मान्छेलाई यति सिमित दायरा भित्र बाच्न विवश बनाएको छ कि उनिहरुले आफ्नो जात भन्दा बाहिरको समाज संगको अन्तरघुलन परिकल्पना पनि गर्दैनन, धन्यवाद ।
लेखकको निजि बिचार ‘दधिराम परियार ,नबलापरासी समाज सेबी तथा दलित अभियान्ता

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।