भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्यबारे प्रधानमन्त्रीको यस्तो खुलासा



काठमाडौं । नेपाली राजनीतिमा ‘भेनेजुएला प्रकरण’ अझै गहिरिने देखिएको छ । प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टीका अर्का अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिप्रति खुला असन्तुष्टी जनाउँदै मुख खोलेका छन् ।

टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ मा सोधिएको प्रश्नको जवाफ दिने क्रममा ओलीले ‘आफू नेपालमा भएको भए भेनेजुएलाबारे त्यस्तो विज्ञप्ति नआउने’ प्रतिक्रिया दिए । उनले वक्तव्यमा ‘अलिकति स्लीप भएको’ बताए । प्रधानमन्त्री ओली स्वीट्जरल्यान्ड भ्रमणमा रहेका बेला प्रचण्डको विज्ञप्ति आएको थियो । त्यसको भोलिपल्टै नेपाल फर्केका ओलीले बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै विज्ञप्तिबारे अनभिज्ञता प्रकट गरेका थिए ।

जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले अन्तिममा भेनेजुएला प्रकरण कोट्याएका थिए । प्रधानमन्त्रीले लगभग साम्य हुन लागेको विषयलाई थप गिजोल्ने गरी जवाफ दिए ।

प्रधानमन्त्री ओलीलाई सोधिएको थियो, ‘हिजो अमेरिकी राजदूतलाई भेट्नुभयो, त्यसमा वक्तव्यको बारेमा छलफल भयो कि भएन रु’

प्रधानमन्त्रीले भने, ‘स्वभाविकरुपमा यो प्रसंग पनि चल्यो । जुन वक्तव्यको प्रसंगबाट यति धेरै तरंग आएको छ वा ल्याइएको छ यो त्यस्तो जरुरी छैन । अलिकति स्लिप भएको हो । म भोलीपल्ट आउँदै थिएँ । अघिल्लो दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन । त्यस्तो जरुरी विषय थिएन त्यो । र, जुन भाषा प्रयुक्त भयो, त्यो उपयुक्त अलि भएन । त्यसले एउटा तरंग ल्यायो ।’

आफ्नै पार्टीका अर्का अध्यक्षको विज्ञप्तिबारे ओलीले अगाडि भने, ‘कोही एकजना साथीले एउटा वक्तव्य दिनुभो । तर, त्यसकै पछाडि देश(देशका बीचका सम्बन्ध अडेका हुँदैनन् । त्यही सुरुवात वा अन्त्य होइन । स(साना घटना कहिले जानेर नजानेर गर्दै जाँदा हुन पनि सक्छन् । त्यस्तै कुरालाई लिएर केही लाइनको एउटा वक्तव्य‘ युद्धको घोषणा त गरिएको छैन त्यहाँ । अमेरिका यत्रो ठूलो देश, विशाल देश र सवल देश । सानो चिजले छुँदा पनि प्राणै जाने खालका स(साना जीवनहरु हुन्छन् । तर, विशाल जनावरको टाउकोमा केही बस्यो भने थाहा पाउँदैन उसले । त्यत्रो देशले यस्तो स(साना कुरामा अल्भिmनु वाञ्छनीय हुन्न ।’

सोही क्रममा प्रधानमन्त्रीले हालै अमेरिकी डोनाल्ड ट्रम्पले नेपाललाई भारतको भूभाग ठानेको भनेर आएका समाचारका विषयलाई पनि छुन भ्याए ।

प्रधानमन्त्री ओलीले ट्रम्पको नाम नलिइ भने, ‘आफ्नो नाम लिएर बोलिएको प्रसंगमा अमेरिकालाई अलिकति चित्त दुखेको होला । त्यस्तै चित्त दुखाउने कुरा हो भने हामीजस्तो सानो देशलाई अर्को देशको अंग होइन र भनेर कसैले भन्यो भने अलि धेरै चित्त दुख्ने होइन र रु अलिक सानो र कमजोर भयो भने चित्त दुखाउन नपाउने, ठूलो भयो भने धेरै चित्त दुखाउनुपर्ने हो र रु त्यसकारण यस्ता स(साना स्लीप भएका कुराहरु‘ ठूलाहरुका पनि स्लीप हुन्छन्, हामी देखिरहेका छौं, भइरहेका छन् । अरुका पनि स्लीप हुन सक्छन् । त्यसर्थ हामीले तत्सम्वन्धमा आफ्नो दृष्टिकोण अझै स्पष्ट पारिरहेका छौं । जस्तो मान्छेले भयावह चित्रण गर्न खोजेका छन् । त्यस्तो होइन । सम्वन्ध सप्रिएको छ । सप्रिदै जान्छ ।’

त्यसपछि प्रधानमन्त्रीलाई प्रस्तोताले सोधे, ‘यदि तपाईं नेपालमै हुनुभएको भए यस्तो विज्ञप्ति आउँथ्यो ?’

प्रधानमन्त्रीले उत्तर दिए, ‘आउने थिएन स्वभाविकरुपमा । हाम्रा सुस्पष्ट नीतिहरु छन् । स्थिर नीतिहरु छन् । त्यसकारणले गर्दा त्यस्तो हुने थिएन । मैले भने नी एउटा त्यो अलिकति स्लीप भएकै हो । त्यसैमा अल्भिmराख्नु वाञ्छनीय हुँदैन ।’

source: onlinekhabar.com

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्