प्रियासन ब्रेकअप डायरी ल्याएर आउँदै



दाङ । पत्रकार एवं उपन्यासकार सविन प्रियासन बे्रकअप डायरी उपन्यास ल्याएर आउँदैछन् । आठौ उपन्यासका रुपमा प्रकाशित हुन लागिरहेको ब्रेकअप डायरी काठमाडौंस्थित बिएन पुस्तक संसार प्रालिले बजारमा ल्याउन लागिरहेको छ । यस अगाडी प्रियासनको चर्चित उपन्यास पल्लवीलाई बिएन पुस्तकले बजारमा ल्याएको थियो ।

फागुण ९ गते पोखरामा विमोचन गर्ने तयारीसहित उपन्यासको काम अगाडी बढिरहेको बिएनका सञ्चालक सूर्य बिसिले जानकारी दिनुभयो । ५५ हजार शव्द रहेको ब्रेकअप डायरी उपन्यासमा विशेषगरी युवाहरुमा प्रेम वियोगकाकारण देखा पर्ने समस्याहरुलाई कसरी सरलिकृत गर्न सकिन्छ भन्ने सन्देश रहेको छ ।

कुनै पनि कुरामा ब्रेकअप हुँदा जिन्दगी सकिँदैन, पुनः अगाडी बढ्नुपर्छ, बढ्न सकिन्छ भन्ने सन्देश उपन्यासमा दिन खोजिएको प्रियासनको भनाइँ छ । प्रियासनको यसवर्ष चर्चित उपन्यास लक्कीचार्म, सेल्फी प्रकाशन भैसकेको छ भने त्यस अगाडी सहनशीला, पल्लवी, पुनरागमन, भुमरी, रोदन पछिको उपान्यास प्रकाशित भएको थियो ।

प्रियासनले कथा संग्रहहरु पनि प्रकाशित गरेका छन् । प्रियासनका सबै जसो उपन्यास पाठकहरुको मन जित्न सफल भएका कारण उनका पुस्तकहरु उल्लेख्य बिक्री वितरण हुनेमा पर्दछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्