कोरियन फिल्म रिमेक गर्दै सलमान



नायक सलमान खान बलिउड का प्रखर अभिनेता मानिन्छन । सलमान हिन्दि फ्लिम संगसंगै विभिन्न भाषाका रिमेकमा पनि काम गर्दै आएका छन् । उनलाई साउथ, कोरियाका चलचित्रको रिमेक काम गरेको आरोप लागेतापनि उनले यो क्रम भने छाडेका छैनन् । फेरी, नायक सलमान खान कोरियन चलचित्र नगरीमा ‘ सर्वाधिक व्यापार गर्ने चलचित्रको चौथो स्थानमा रहेको ‘भेट्रान’को रिमेक गर्ने भएका छन्

‘रिल लाइफ प्रोडक्सन’ले यो चलचित्रको बलिउड अधिकार खरिद गरेको छ । यो चलचित्रको रिमेकमा बलिउड स्टार सलमान खानले अभिनय गर्ने भएका छन् । अहिले ‘भारत’को सुटिङमा व्यस्त उनले भारतपछि यो चलचित्रमा अभिनय गर्नेछन् । निर्माण युनिट र सलमान बिच सम्झौता भइसके पनि औपचारिक घोषणा हुन भने बाँकी छ । चलचित्र ‘भेट्रान’चलचित्रमा ह्याङ जुङ मिनको मुख्य भूमिका,सलमान ले निभाउने भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्