आफ्नै बाबु बाट १२ वर्षीया बालिका बलात्कृत



शितगंगा नगरपालिका–६ जकुनेका ४२ वर्षीय पुरुषले आफ्नै १२ बर्षिया छोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै बावुबाट बलात्कृत बालिकाले हजुरबुवासँग आफू बलात्कृत भएको पीडा फोनमार्फत सुनाएपछि घटना बाहिरिएको हो ।
दुई दिनअघि घरमा आमा र हजुरबुवा नभएको बेला बाबुले आफूलाई बलात्कार गरेको पीडित बालिकाले बताइन ।

बाबु बिरुद्द बुधबार प्रहरीमा उजुरी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बुधबार नै बलात्कार आरोपी बाबुलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए । निज बाबुलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्