भ्रष्टाचारीलाई नौ डाडा कटाउनु छ 



आफ्नो बिचार भन्दा पनि गाली नसोच्नुस्,

पहाडको बारीलाइ खेतको आली नसोच्नुस्/

जसलाई पनि आफु जन्मेको माटो प्यारो हुन्छ,

जनताको बिचारलाई नराम्रो खालि नसोच्नुस्/

कि राम्रो कि नराम्रो काम गरे नाम चल्छ.

 

समाजमा

जसरी पनि भ्रष्टचारिहरु कै सान चल्छ.

समाजमा बेरोजगारी ले गर्दा बदलिन सकेन हाम्रो देश/

दुष्ट नेताहरुको झगडा हरेक साल चल्छ,

समाजमा अब छिट्टै देशको गरिबी हटाउनु छ,

भ्रष्टाचारीलाई नौ डाडा कटाउनु छ/

यहाँ भाषण मात्रै गरेर बन्दैन देश,

सबै कर्मचारीलाई नियम रटाउनु छ/

रुदै छिन् नेपाल आमा युवा सबै विदेश लागे पछि

नेताहरु देश बनाउनु भन्दा बढी बिगार्न जागे पछि

अझै पनि हामी गरिब जनताको बिग्रदो छ/

आजकल नारीहरुले आफ्नो पहिचान भुलेका छन्

पैसा पाएपछि सबै घर परिवार जाहान भुलेका छन्/

कस्तो आयो कलियुग अनि भित्रियो विदेशी फेसन र नारीहरुले अरुलाइ गर्नु पर्नि सम्मान भुलेका छन्

जेसिका श्रेष्ठ रामेछाप .

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्