फिफा बरियता सार्वजनिक,नेपाल यथावत १६१ औं स्थानमा



२४ माघ, विश्व फुटबल महासंघ (फिफा) ले विश्व बरियता सार्वजनिक गरेको छ ।

फिफाले आज सार्वजनिक गरेको बरियतामा नेपाल १६१ औं स्थानमा यथावत नै रहेको छ । केही दिनअघि मात्रै जापानलाई पराजित गर्दै एसियन कपको उपाधि उचालेको
कतारभने ३८ स्थान सुधार गर्दै विश्व बरियतामा ५५ औं स्थानमा उक्लिएको छ । कतारले एसिया क्षेत्रको पावर हाउस मानिने राष्ट्रहरुलाई पराजित गर्दै एसियन कपको उपाधिसँगै इतिहास रहेको थियो ।

त्यस्तै, भारत भने ६ स्थान तल झर्दै १०३ औं स्थानमा पुगेको छ । दक्षिण एसियाली राष्ट्रहरुमा माल्दिभ्स १५२औं स्थानमा रहँदा भुटान १८६ औं, बंगलादेश १९२ औं, पाकिस्तान १९९ औं र श्रीलंका २०१ औं स्थानमा छन् ।

विश्व बरियताको शीर्ष स्थानमा भने बेल्जियम शीर्ष स्थानमा कायमै रहेको छ । त्यस्तै, विश्वविजेता फ्रान्स भने दोस्रो स्थानमा छ । ब्राजिल तेस्रो स्थानमा रहँदा चौथो स्थानमा क्रोएसिया, पाँचौमा इंग्ल्यान्ड र छैटौं स्थानमा पोर्चुगल रहेका छन् ।
त्यस्तै, सातौंमा उरुग्वे रहँदा आठौं स्थानमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र १० औं स्थानमा डेनमार्क रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्