वागमती सफाइ महाअभियान विशेष कार्यक्रमको तयारी हुँदै



काठमाडौं । वागमती सफाइ महाअभियान सुरु गरिएको ३०० औँ हप्ता पुगेको अवसर पारेर आगामी शनिबार विशेष कार्यक्रम आयोजना हुने भएको छ ।
सरकारले वागमती सफाइ महाअभियान सुरु गरिएको ३०० औँ हप्ता पूरा भएको अवसर पारेर आगामी शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

महाअभियानमा संलग्न संघ, संस्थाहरूलाई सम्मान गर्न र देशभरका सबै स्थानीय तहमा सफाइ अभियानको एकैसाथ सुभारम्भ गर्न पनि सो महाअभियानको ३०० औँ हप्ता पुगेको विशेष अवसर पारेर कार्यक्रम आयोजना गर्न लागिएको सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले जानकारी दिए।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वागमती मनोहरा दोभान शंखमूलमा आयोजना गर्न लागिएको कार्यक्रम बिहान साँढे ८ बजे सुरु हुने जानकारी पनि दिए। वागमती सफाई बारे अझै जनचेतना जगाउन सहयोग पुर्‍याउने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममासहभागी हुन पनि मन्त्री राईले सबैलाई आह्वान गरे। २०७० साल जेष्ठ ५ गतेबाट सुरु भएको वागमती सफाई महाअभियानमा हालसम्म १ हजार ८ सयभन्दा बढी संघ, संस्थाहरू सहभागी भइसकेका छन्। त्यसैगरी सो महाअभियानमा १० लाखभन्दा बढी स्वयम्सेवीहरूले योगदान गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्