चमेना गृह वेश्यावृत्तिको अखडा, सञ्चालिकासहित ६ जना पक्राउ



भक्तपुर  । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलको आदर्शस्थित एक चमेना गृहमै वेश्यावृत्ति हुने गरेको पाइएको छ । भक्तपुर प्रहरीले उक्त चमेना गृहबाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा चार महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको उक्त तथ्य बाहिर आएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार गएको माघ १९ गते आदर्शस्थित कस्तुरी चमेनाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले चमेना गृह सञ्चालिका नुवाकोटको तादी गाउँपालिका–२ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ४५ वर्षीया पार्वती भन्ने गोमा गोतामेलाईसमेत नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा उक्त चमेना गृहमा छापा मारेको थियो ।

‘कस्तुरी चमेना गृहमा वेश्यावृत्ति हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा चार महिला र एक पुरूष अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा फेला परेका थिए’, प्रहरी नायव उपरीक्षक पोखरेलले भने, ‘चमेना गृहको कोठामा वेश्यावृत्तिसम्बन्धी अन्य प्रमाणहरुसमेत बरामद भएका छन् ।’ उनले पक्राउ परेका ६ जनालाई जिल्ला अदालत भक्तपुरमा पेस गरी म्याद थप गरिएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्