दुर्घटनामा एकको मृत्यु, प्रदेश सांसदसहित १४ घाइते,वलीको अबस्था गम्भीर



दाङ — लमही–घोराही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका ३ चिसापानीमा बिहीबार बेलुका यात्रुवाहक बस र कार ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरीले जनाएको छ ।दुर्घटनामा कारमा सवार दाङ क्षेत्र नं। ३ ख का प्रदेश सांसद उत्तरकुमार ओलीसहित १४ जना घाइते भएका छन् । गम्भीर घाइते ओलीलाई थप उपचारका लागि कोहलपुर लगिएको छ ।

 

हेलिकोप्टरबाट काठमाडौं लैजान खोजिए पनि खराब मौसमले सम्भव नभएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको लमहीस्थित फ्लोरेन्स र लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले बताए । तुलसीपुरबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नं। को बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको बा १८ च ६८३६ नं। को कार ठोक्किँदा दुर्घटना भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्