दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा भुषाल विजयी



सैघाली खबर
दाङ ३२ , साउन
दाङ जिल्ला उद्योग वाािणज्य संघको अध्यक्षमा नारायण प्रसाद भुषाल विजयी भएका छन । वुधवार विहान सम्पन्न मत गणनाको परिणाम अनुसार भुषालले ९ सय ६४ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुनुभएको हो । भुषालले सर्वाधिक मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका निटकतम प्रतिस्पर्धी प्रजातान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार मन्जु बज्राचार्य ६ सय ११ मत प्राप्त गर्नुभएको छ । जसमा उद्योग उपाध्यक्षमा बसन्त जोशीले ९ सय ४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका प्रतिस्पर्धी संयुक्त प्यानलका नारद पोख्रेलले भने ५ सय ७३ मत प्राप्त गर्नु भएको छ । त्यस्तै वाणिज्य उपाध्यक्षमा टंकसिंह वुढाथोकीले ८ सय १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । भने उहाँका प्रतिस्पर्धी एकराज खनालले ७ सय १२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै महा–सचिवमा नरेश कार्की ७सय ५९ मतले विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अनिल आचार्य भने ७ सय ५५ मत प्राप्त गर्नुभएको छ ।
सचिवमा मायाँ कुमारी पोख्रेल ८ सय ५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । भने उहाँका प्रतिस्पर्धी हरि प्रसाद खरेलले ६ सय ६४ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा सुशिल पोख्रेल ७ सय ७२ मत प्राप्त गरी विजयी हुनुभएको । भने उहाँ प्रतिस्पर्धी श्रीधर पोख्रेलले ७ सय ४२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै सदस्यहरु तर्फ उद्योग सदस्यमा टंक प्रसाद पोख्रेल ७ सय ८३ मत प्राप्त गरी विजयी हुनु भएको हो । भने उहाँका प्रतिस्पर्धी मित्रदेव अधिकारीले ६ सय १९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै महिला सदस्यमा बिन्दु दाहालले ७ सय ५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । भने उहाँ प्रतिस्पर्धी हेमन्ती पुन मगरले ६ सय ६६ मत प्राप्त गर्नुभएको थियो ।

 

त्यस्तै सदस्यमा महेन्द्र वुढाथोकीले ७ सय ६४ मत पा्रप्त गरी विजयी हुनुभएको छ । त्यस्तै पिताम्वर शर्मा ७ सय ७३ , धनपति शर्माले ८ सय ९ ,छवि नारायण गिरी ६ सय ६४ मिनराज भाटले ७ सय ११ मत प्राप्त गरी सदस्य पदमा विजयी हुनुभएको छ । राम प्रसाद पोख्रेल ६ सय ९५ मत प्राप्त गरी सदस्य पदमा विजयी हुनुभएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्