जापान सरकारले अट्ठाइस करोड बीस लाख अनुदान दिने



सैघाली खबर।
काठमाण्डौ,३२ साउन।
आयोजित एक कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गरे । साथै, उनीहरुले आ–आफ्नो देशको सरकारका तर्फबाट उक्त समझदारी पत्र आदान प्रदान गरे ।

उक्त सहयोगअन्तर्गत प्राप्त हुने अनुदानसम्बन्धी समझदारी पत्रमा भने अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वयमा महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र जाइकाका प्रतिनिधि जुन साकुमाले हस्ताक्षर गरे ।

त्यस अवसरमा राजदूत ओगावाले शैक्षिक विकासबाटै राष्ट्रनिर्माणको आधारशिला तयार हुने बताउँदै नेपालको गरिबी निवारण तथा विकासका प्रयासमा जापानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सचिव सुवेदीले जापान सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्