भिडन्तमा परी १० भारतीय माओवादीकाे मृत्यु



मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा १० जना माओवादी लडाकूकाे भृत्यु भएकाे छ । छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट तीन सय ६५ किलोमिटर ढाटा रहेको भैरामगढमा सो भिडन्त भएको थियो ।

भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकू मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारबाहीको क्रममा सो झडप भएको बताइएको छ । झडपको क्रममा १०ओटा राइफल बरामद गरिएकाे सरकारी अधिकारीहरु जानकारी दिएका छन् । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्