एक कार्यकर्तालाई छुटाउन खोज्दा ८० लाख विद्यार्थी ले पढ्न पाएनन् !



नेत्र विक्रम चन्द (विप्लव) निकट नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीबाट छुटाउन ८० लाख विद्यार्थीलाई पढ्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित गरिएको छ।विद्यार्थीको पढ्न पाउने अधिकार पटकपटक हनन् हुँ दा पनि सरकार भने निरीह देखिएको छ।

नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) ले केन्द्रीय कोषाध्यक्ष समेत रहेका नरेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको विरोधमा मुलुकभरका शैक्षिक सं स्था बन्द गरेको हो। विकलाई प्रहरीले पेस्तोलमा प्रयोग हुने गोली र अन्य सामग्रीसहित विराटनगरबाट पक्रेको थियो।विगतमा पनि राजनीतिक दलका भ्रातृ संगठनले शैक्षिक तथा राजनीतिक माग पूरा गर्न शैक्षिक संस्था बन्द गरेका प्रशस्तै उदाहरण छन्। यो वर्ष मात्र चार पटक शैक्षिक संस्था बन्द भइसकेका छन्।

आन्दोलनका कारण शैक्षिक संस्था बन्द गर्ने परिपाटी बढेपछि यसलाई रोक्न सरकारले निर्देशिका बनाएर २०६८ सालमा विद्यालय शान्तिक्षेत्र घोषणा गरेको थियो। तर यो घोषणा कागजमै सिमित छ। निर्देशकामा विद्यालय र बालबालिकालाई शान्तिक्षेत्र मान्दै शैक्षिक सं स्थामा कुनै पनि राजनीतिक कार्यक्रम गर्न नपाउने, यस्ता कार्यक्रममा बालबालिका प्रयोग गर्न नपाउने र राजनीतिक माग पूरा गराउने बहानामा शैक्षिक संस्थालाई निशाना बनाउन नपाउने उल्लेख छ।पक्राउ परेका नरेन्द्र नेकपाका प्रवक्ता खड्ग विश्वकर्मा (प्रकाण्ड) का छोरा हुन्।

नरेन्द्र पक्राउ परेको भोलिपल्टदेखि नै अनेरास्ववियु (क्रान्तिकारी) चरणवद्ध आन्दोलनमा छ। उनलई विनासर्त रिहाइ गर्नुपर्ने उनीहरूको अडान छ।पक्राउ परेका कार्यकर्ता रिहाइका लागि क्रान्तिकारीले कुनै जुलुस वा विरोध प्रदर्शन गरेन, बरु शैक्षिक संस्था बन्दको आह्वान ग¥यो। बजारमा कार्यकर्ता उपस्थिति नदेखिए पनि स्कुल तथा कलेज पूर्णरूपमा बन्द भए। आन्दोलनकारीबाट अप्रिय घट्ना हुन सक्ने त्रासले अधिकांश शैक्षिक संस्था बन्द गर्नु परेको सञ्चालकहरूले बताए।विद्यालय बन्द गर्ने आफूहरूको चाहना नभए पनि स म्भावित जोखिमका कारण बन्दको अटेरी गर्दै पढाइ सञ्चालन गर्न कठिन भएको विद्यालय सञ्चालकको गुनासो छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्