सांसद वली काठमाडौंको मेडिसिटी हस्पिटलको आईसीयुमा



काठमाडौंको । सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । आज करिब २ः४० बजे प्रदेशसभा सदस्य वलीलाई ललितपुरको भौंसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा उपचारका लागि ल्याइएको उनी सँगै आएका सुरेश रावतले जानकारी दिएका छन् । अहिले आइसियुमा लगिएको रावतले जानकारी दिएका छन् ।

हिजो माघ २४ गते दाङको सवारी दुर्घटनामा प्रदेशसभा सदस्य वली गम्भीर घाइते भएका थिए । वलीको थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालको हेलिकप्टर मार्फत ल्याइएको रावतको भनाई छ ।

उनका अनुसार डाक्टर तथा भेन्टिलेटर सुबिधासहितको टोलीले हेलिकप्टरमा मेडिसिटी ल्याइएको हो । बुटवलबाट गृह जिल्ला आउँदै गरेका सांसद वली सवार कार र घोराहीबाट लमही जाँदै गरेको गाडि घोराही ३ को मसोटपुल देखि एक किलोमिटर अगाडि चिसापानी भन्ने स्थानमा एकआपसमा ठोक्किदा वली गम्भीर घाईते भएका हुन् ।

घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस र वलीसवार बा १८ च ६८३६ नम्बरको कार एकआपसमा ठोकिदा वलीको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्